
गुवाहाटी, 20 मई (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार नयाँ दिल्लीबाट सोझै ‘जुबीन क्षेत्र’-मा पुगेर असमका लोकप्रिय गायक जुबिन गर्गको स्मृतिमा दश बिघा भूमिमा एक भव्य तथा सर्वाङ्गीण सुन्दर सांस्कृतिक स्मारक निर्माण गर्ने घो
मुख्यमन्त्रीले जुबिन गर्गको समाधिमा श्रद्धा़ञ्जली अर्पण गर्दै भने, राज्य सरकार कलाकारको वास्तविक पहिचान, धरोहर तथा सांस्कृतिक योगानलाई संरक्षण एवं सम्वर्द्धन ग र्नको लागि पूर्ण रूपमा प्रतिबद्ध छ। उनले भने, जुबिन गर्ग एक जना कलाकार मात्र होइनन्, असमको भावना तथा सांस्कृतिक चेतनाका प्रतीक पनि हुन्।
डा. हिमन्त बिस्व सरमाले बताए, विधानसभा चुनाउपूर्व उनले जनतासित वाचा गरेका थिए कि आशीर्वाद प्राप्त भए सरकारले ‘जुबिन क्षेत्र’ परियोजनालाई अगाड़ि बढ़ाउनेछ। त्यसै प्रतिबद्धतालाई पूरा गर्नको लागि उनले चुनाउ समाप्त हुनसाथ यस स्थलको भ्रमण गरेका हुन्।
मुख्यमन्त्रीले स्पष्ट पारे, भाजपाले कहिल्यै पनि जुबिन गर्गको नाममाथि राजनीति गर्ने निर्णय लिएको थिएन। त्यसैले चुनाउपूर्व उनले ‘जुबिन क्षेत्र’ -को दौड़ाह गरेनन्। उनले भने, केही विपक्षी दलहरूद्वारा जुबिन गर्गलाई लिएर राजनीति गरिएकै कारणले भाजपालाई जनताको अतिरिक्त समर्थन प्राप्त भएको हो।
उनले भने, राजनीतिदेखि माथि उक्लेर जुबिन गर्गको वास्तविक पहिचान तथा सांस्कृतिक धरोहरलाई सुरक्षित राख्नु समयको आवश्यकता हो। मुख्यमन्त्रीले जानकारी दिए, लोकनिर्माण विभागद्वारा लगभग 3 करोड़ रुपियाँको लागतमा चार कुरा निर्माण गर्ने कार्य आरम्भ गरिसकिएको छ भने माथिबाट माटो धसिनदेखि रोक्नको लागि आवश्यक सुरक्षा उपाय पनि गरिँदैछ।
मुख्यमन्त्रीले अधिकारीहरूलाई निर्माण कार्यलाई तीव्रता दिने निर्देश दिँदै भने, सरकार ‘जुबिन क्षेत्र’-लाई एउटा गरिमामय, सांस्कृतिक रूपले समृद्ध तथा भावी पिँढ़ीको लागि प्रेरणास्थलको रूपमा विकसित गर्नको लागि सङ्कल्पबद्ध छ।
भावुक स्वरमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, जुबिन मेरा रूचिकर थिए र सदैव रहनेछन्। उनले भने, जुबिन गर्ग कहिल्यै पनि राजनीतिक मुद्दा रहेनन् जबकि असमका मानिसहरूको भावनासित जोड़िएको एउटा अमर नाम हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा