
सिलगढ़ी, 20 मई (हि.स.)। उत्तर बङ्गालको समग्र विकास औ प्रशासनिक व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी आफ्नो महत्वपूर्ण उत्तर बङ्गाल भ्रमण अन्तर्गत बुधवार सिलगढ़ी आइपुगे। कोलकाताबाट हवाई मार्ग भएप अपरान्ह बागडोगरा हवाईअड्डा पुगेका मुख्यमन्त्री अधिकारीलाई भव्य तथा राजकीय शैलीमा स्वागत गरियो। मुख्यमन्त्री बनेपछि उनको यो पहिलो उत्तर बङ्गालको दौड़ाहलाई राजनीतिक तथा प्रशासनिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिँदैछ।
बागडोगरा एयरपोर्टमा उत्तर बङ्गाल विकास मन्त्री निशीथ प्रमाणिक एवं दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजू बिष्ट सहित केही गण्यमान्य व्यक्तिहरू उपस्थित थिए। यस अतिरिक्त ठूलो सङ्ख्यामा पार्टी कार्यकर्ता अनि समर्थकहरू पनि त्यहाँ जुटेका थिए। मुख्यमन्त्री एयरपोर्टबाट बाहिरिनसाथ सम्पूर्ण क्षेत्र नारा एवं उत्साहले गुञ्जियो। उनलाई फूलगुच्छा र पारम्परिक 'उत्तरीय' पहिराएर सम्मानित गरियो।
एयरपोर्टमै पत्रकारहरूसित बातचित गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यको कानून-व्यवस्थालाई लिएर कड़ा सन्देश दिए। उनले स्पष्ट पारे, राज्यमा कुनै पनि प्रकारको गुण्डागिरी, मोलतोल वा कानून व्यवस्थासित खेलवाड़लाई सहन गरिनेछैन। राज्यमा कानूनको शासन चल्नेछ। पुरानो व्यवस्थामाथि भरोसा गरिरहेका मानिसहरूले बुझ्नुपर्छ कि अब यस्तो चल्नेवाला छन। कानूनले आफ्नो काम गर्नेछ।
उनले अझ् भने, प्रत्येक महिना उत्तर बङ्गाल आउनेछु, काम गर्न आउनेछु, घुम्न होइन। उनले यो पनि सङ्केत दिए, उत्तर बङ्गालका चिया बगान क्षेत्र, पर्यटन उद्योग औ थाँतीमा रहेका विकास परियोजनाहरूलाई द्रूत गतिमा अगाड़ि बढ़ाउनु नै यस भ्रमणको मुख्य उद्देश्य हो।
पत्रकारहरूसित बातचित गरेपछि मुख्यमन्त्री कड़ा सुरक्षा व्यवस्थाबीच सड़क मार्ग भेर सिलगढ़ीको मल्लागुड़ीस्थित पार्टी एवं प्रशासनिक कार्यालय तर्प प्रस्थान भए।
प्रशासनिक सूत्र अनुसार मुख्यमन्त्रीले आज उत्तर बङ्गालका विभिन्न जिल्लाहरूका जिल्लाधिकारीगण, पुलिस अधीक्षकगण औ वरिष्ठ अधिकारीहरूसित कैयौं चरणको बैठक गर्नेछन्। यी बठकहरूमा लामो समयदेखिको थाँतीमा रहेका समस्याहरूको स्थायी समाधान अनि विकास परियोजनाहरूलाई गति दिनेमाथि विशेष बल दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा