
पश्चिम मेदिनीपुर, 20 मई (हि. स.)। जिल्लाको दाँतन क्षेत्र स्थित सुवर्णरेखा नदीबाट एक जना अज्ञात व्यक्तिको शव उद्धार गरिएको घटनापछि क्षेत्रमा व्यापक कोकोहोलो मचिएको छ।
स्थानीय मानिसहरू अनुसार बुधवार दाँतनको मालपाड़ा मोयारूई घाटको छेउमा सुवर्णरेखा नदीमा एकजना व्यक्तिको शव तैरिरहेको देखियो। स्थानीय मानिसहरूले घटनाको सूचना पुलिसलाई दिए। पुलिसले घटनास्थलमा पुगेर उक्त शवलाई नदीबाट उद्धार गऱ्यो। शवलाई कब्जामा लिएर पुलिसले पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदिएको छ।
पुलिस मुताविक यो खबर लेखुञ्जेलसम्म मृत व्यक्तिको पहिचान हुन सकेको थिएन। पुलिसले यो थाहा गर्ने प्रयास गरिरहेको छ, उक्त व्यक्तिको मृत्यु कसरी भयो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा