
हुगली, 19 मई (हि.स.)। चाँपदानी नगरपालिकाका पार्षद तथा आईएनटीटीयूसी नेता किशोर केवटलाई गए मङ्गलवार राति भद्रेश्वर थानाको पुलिसले हिरासतमा लियो। हिरासतमा लामो जाँचबुझपछि उनलाई पक्राउ गरियो।
जानकारी अनुसार नर्थ ब्रुक जुट मिल प्रबन्धनको पक्षबाट थानामा सिकायत दर्ता गरिएपछि पुलिसले उनलाई बितेको मङ्गलवार राति पक्राउ गरेको हो।
स्थानीय सूत्रले दाबी गरेको छ, पछिल्लो लगभग सात दिनदेखिको जुट मिलका श्रमिक क्वार्टरहरूमा सर-सफाई भइरहेको थिएन जसबाट श्रमिकहरू असन्तुष्ट भएका थिए। मामिलाको जानकारी पाएर किशोर केवट यस मुद्दामा मिल प्रबन्धनसित बातचित गर्न गएका थिए। त्यसपछि मिल प्रबन्धनको पक्षबाट उनीविरूद्ध मामिला दर्ता गरियो जसको आधारमा पुलिसले उनलाई पक्राउ गऱ्यो।
तथापि यो समाचार लेखुञ्जेलसम्म यस सम्पूर्ण मामिलामा प्रशासनको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा