
कोलकाता, 20 मई (हि.स.)। कलकत्ता उच्च अदालतमा सरकारी अधिवक्ताहरूको नयाँ प्यानल गठन गरिएको छ। राज्यमा नयाँ सरकार गठन भएपछि कानूनी प्यानलमा गरिएको यस परिवर्तनलाई महत्वपूर्ण मानिँदैछ।
जारी अधिसूचना अनुसार वरिष्ठ अधिवक्ता राजदीप मजुमदारलाई अतिरिक्त महाधिवक्ता (एएसजी) नियुक्त गरिएको छ। उनी कार्यभार ग्रहण गरेदेखि आगामी आदेश नआउञ्जेलसम्म यस पदमा आसिन रहनेछन्। यसको साथै सार्वजनिक अभियोजकको रूपमा कल्लोल मण्डललाई नियुक्त गरिएको छ।
यस अतिरिक्त अधिवक्ता नीलाञ्जन भट्टाचार्यलाई वरिष्ठ स्थायी अधिवक्ता तथा अधिवक्ता दिव्येन्द्र नारायणलाई सरकारी अधिवक्ताको रूपमा नियुक्त गरिएको छ। यी सबै नियुक्तिहरू बुधवारदेखि नै प्रभावकारी भइसकेको छ।
अधिकारिक सूत्र अनुसार यो परिवर्तन न्यायिक कार्यहरूमा प्रशासनिक समन्वयलाई मजबुत बनाउन तथा सरकारी मामिलाहरूको वकालतलाई अधिक प्रभावशाली बनाउने उद्देश्यले गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा