
नयाँ दिल्ली, 20 मई (हि.स.)। भारतीय राष्ट्रिय छात्र सङ्घ (एनएसयूआई)- ले बुधवार राष्ट्रिय प्रवेश सह पात्रता परीक्षा (एनईईटी) पेपर लीक विवाद औ परीक्षामा अनियमितताको विरोधमा ओखलास्थित राष्ट्रिय परीक्षण एजेन्सीको कार्यालय बाहिर प्रदर्शन गऱ्यो। यस विरोध प्रदर्शन अवधि एनएसयूआई कार्यकर्ताहरूले विरोध तथा शोकको रूपमा आफ्नो शिर मुण्डन गरे।
एनएसयूआई कार्यकर्ताहरूले भने, यो विरोध प्रदर्शन परीक्षा प्रणालीको विफलता अनि देशभरिका लाखौं विद्यार्थीहरूको निष्पक्ष एवं पारदर्शी परीक्षा सुनिश्चित गर्नमा सरकारको अक्षमतालाई उजागार गर्नको लागि आयोजना गरिएको हो।
एनएसयूआईका राष्ट्रिय अध्यक्ष विनोद जाखड़ले भने, यो कपालको बलिदान मात्र होइन, ती लाखौं विद्यार्थीहरूको पीड़ा, आक्रोश तथा हतासाको प्रतीक हो जसको भविष्य परीक्षा प्रणालीमा व्याप्त भ्रष्टाचार अनि अक्षमताको कारणले नष्ट भइरहेको छ। बारम्बार भइरहेको पेपर लीकले विद्यार्थी अनि अभिभावकहरूको विश्वासलाई छिया-छिया बनाइदिएको छ।
उनले भने, एनईईटी पेपर लीकदेखि लिएर केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई)- को ओएसएम प्रणाली औ बलजफ्ती तीन-भाषा नीतिको विवादसम्म शिक्षा मन्त्रालयले लगातार विद्यार्थीहरूलाई विफल बनाएको छ। उनले भने, शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी लिनुपर्छ अनि तत्काल राजीनामा दिनुपर्छ। राष्ट्रिय परीक्षण एजेन्सीले सबै विश्वसनीयता गुमाइसकेको छ, त्यसैले यसलाई भङ्ग गर्नैपर्छ।
विनोद जाखड़ले बताए, एनएसयूआईले माग गरेको छ कि नीट पेपर लीकको निष्पक्षता एवं पारदर्शी जाँच होस्, शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिउन्, राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए)-लाई विघटन गरियोस् तथा देशभरिका विद्यार्थीहरूलाई प्रभावित पार्ने बारम्बार परीक्षा विफलताको जवाफ दिइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा