सड़क दुर्घटनामा व्यक्तिको मृत्यु
सड़क दुर्घटनामा व्यक्तिको मृत्यु


गुवाहाटी, 20 मई (हि.स.)। गुवाहाटी महानगरको जू-रोड क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना मानिसको घटनास्थलमै मृत्यु भयो।

पुलिसले बुधवार बतायो, जू-रोडको नर्सरी छेउमा भएको एक सड़क दुर्घटनामा एकजना बटुवाको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान गुवाहाटीको नयनपुर निवासी प्रदीप कुमार सिंहको रूपमा गरिएको छ।

दुर्घटनापछि घटनास्थलमै वाहन छोड़ेर चालक भागे। घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले मृतकको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande