
इटानगर, 20 मई (हि.स.)। अरुणाचल प्रदेशकी ताइक्वाण्डो स्टार रूपा बायरले यस वर्ष 2026-का एशियाली खेलहरूमा भारतको प्रतिनिधित्व गर्ने योग्यता हासिल गरेकी छन् जुन राष्ट्र अनि राज्य दुवैको लागि गौरवपूर्ण उपलब्धि हो।
बायरले हालैमा वर्ष 2026 को एशियाली ताइक्वाण्डो पूमसे च्याम्पियनशिपमा काँस्य पदक जितेकी छन् भने महाद्वीपीय च्याम्पियनशिपका लगातार दुई संस्करणहरूमा पदक हत्याउने पहिलो भारतीय खेलाड़ी बनेकी छन्। उनको यस उपलब्धिलाई भारतीय ताइक्वाण्डोको लागि एक ऐतिहासिक क्षण मानिँदैछ।
मुख्यमन्त्री पेमा खाण्डुले बायरलाई उनको यस उल्लेखनीय उपलब्धिको निम्ति बधाई दिँदै यसलाई अरूणाचल प्रदेश सहित सम्पूर्ण देशको लागि अपार गर्वको विषय बताए। उनले बायरको समर्पण र दृढ़्ताको प्रशंसा गर्दै भने, एशियाली खेलहरूको लागि योग्यता हासिल गर्नु उनको वर्षौंको कड़ा परिश्रम अनि अनुशासनको परिणाम हो।मुख्यमन्त्रीले भने, “तपाईको यो उपलब्धि राष्ट्र एवं विशेष रूपमा अरुणाचल प्रदेशको लागि गर्वको क्षण हो। आगामी एशियाली खेलहरूमा तपाईलाई अझ ठूलो सफलता, शक्ति अनि गौरव हासिल होस् भन्ने शुभकामना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा