पश्चिम बङ्गालका विभिन्न जिल्लामा एसटीएफको व्यापक कारबाही, 10 वटा हतियारसितै 150 वटा कारतूस जफत
पश्चिम बङ्गालका विभिन्न जिल्लामा एसटीएफको व्यापक कारबाही, 10 वटा हतियारसितै 150 वटा कारतूस जफत


कोलकाता, 20 मई (हि.स.)। पश्चिम बङ्गाल पुलिसको विशेष कार्य बल (एसटीएफ)-ले राज्यका विभिन्न जिल्लाहरूमा सञ्चालित विशेष अभियान अवधि ठूलो सङ्खयामा हतियार अनि विस्फोटक जफत गरेको छ। यस कारबाहीमा 6 जना मानिसहरूलाई पक्राउ गरिएको छ जसलाई अदालतमा पेश गरिनेछ।

एसटीएफ द्वारा बुधवार अपरान्ह जारी बयानमा बताइएको छ, अभियानको क्रममा 10 वटा आग्नेयास्त्र जफत गरिएको छ जसमा 7 एमएमको 8 वटा पिस्तोल सामेल छन् यस अतिरिक्त 150 राउण्ड कारतूस पनि जफत गरिएको छ।

एसटीएफकी पुलिस अधीक्षक अमित अनुराधा मण्डलले बताइन्, राज्यका विभिन्न भागहरूमा यो कारबाही गरिएको हो। उनले भनिन्, अवैध हतियारहरू विरूद्ध विशेष अभियान निरन्तर जारी रहनेछ र अधिकभन्दा अधिक हतियार जपत गर्ने प्रयास गरिँदैछ।

एसटीएफ अनुसार राज्यमा अवैध हतियारहरूको तस्करी तथा आपराधिक गतिविधिहरूमाथि रोक लगाउने उद्देश्यले यो अभियान सञ्चालन गरिँदैछ। पुलिसले पक्रा पर्ने आरोपीहरूसित जाँचबुझ गरी हतियारहरूको नेटवर्क र सप्लाई चेनको बारेमा जानकारी जुटाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande