डाक अदालतमा आज मानिसहरूको समस्या सुल्झाइने
डाक अदालतमा आज मानिसहरूको समस्या सुल्झाइने


रायपुर 20 मई (हि.स.)। रायपुर सम्भागका वरिष्ठ हुलाक अधीक्षकद्वारा आज बुधवार स्टेशन रोडस्थित रायपुर गञ्ज उपडाकघर परिसरको कार्यालयमा डाक अदालतको आयोजन गरिँदैछ। यो डाक अदालत बिहान 11 बजेदेखि अपरान्ह 1 बजेसम्म आयोजना हुनेछ जसमा डाक सेवाहरूसित सम्बन्धित ग्राहकहरूका सिकायत एवं समस्याहरूको प्रत्यक्ष सुनवाईको माध्यमबाट समाधान गरिनेछ।

डाक अदालतमा डाक वस्तुहरूको वितरण, काउन्टर सेवा, लघु बचत योजना (आरडी, बचत ब्याङ्क, बचत पत्र आदि), रजिस्ट्री, मनीअर्डर, वीपीपी पार्सल, एक्सप्रेस पार्सल, स्पीड पोस्ट, डाक जीवन बीमा एवं ग्रामीण डाक जीवन बीमासित सम्बन्धित सिकायतहरूमाथि चर्चा गरी त्यसको निराकरण गरिनेछ।

रायपुर सम्भागका अधिकारीहरूले सबै सम्बन्धित ग्राहकहरूसित निर्धारित समयमा उपस्थित भएर आफ्नो समस्या राख्ने अपील गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande