
कछार (असम), 20 मई (हि.स.)। असमको कछार जिल्ला अधिनस्थ काटीगोराको गुमरा क्षेत्रमा पुलिसद्वारा सञ्चालित एक अभियानमा एकजना महिला सहित तीन जना बङ्गलादेशी नागरिकहरूलाई हिरासतमा लिइएको छ।
पुलिस सूत्र अनुसार बितेको राती हिरासतमा लिइएका मानिसहरूको पहिचान मोहम्मद आवाल, मोहम्मद हारुण औ रीना अख्तरको रूपमा भएको छ। गुमरा पुलिसले विशेष सूचनाको आधारमा सो अभियान सञ्चालन गरेको थियो।
पुलिसले बतायो, तीनै जना आरोपीहरूसित जाँचबुझ गरिँदैछ तथा आवश्यक कानूनी प्रक्रिया शुरू गरिएको छ। साथै यो पनि थाहा गर्नको लागि विस्तृत जाँच शुरू गरिएको छ कि उनीहरू राज्यमा कसरी प्रवेश गरे अनि यसको पछाड़ि कुनै स्थानीय नेटवर्कको भूमिका छ कि छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा