
इम्फाल, 20 मई (हि.स.)। मणिपुर पुलिसले रिम्स परिसरबाट वाहन चोरी गरेको मामिलामा दर्ता प्राथमिकीको अनुसधान गर्ने क्रममा एकजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान थौबल जिल्लाको इरोङ्ग चेसाबा निवासी बोगिमायुम इमारन खान (32) को रूपमा भएको छ।
पुलिसको आधिकारिक जानकारी अनुसार, आरोपीलाई मङ्गलवार थौबल जिल्लाको लिलोङ्ग ड्यामस्थित अञ्जुमन हीलिङ्ग सेन्टरबाट पक्राउ गरिएको हो। वाहन चोरीको मामिलामा अग्रिम जाँच भइरहेको छ।
यसरी नै अर्को अभियानमा मणिपुर पुलिसले गत 18 मईको दिन काकचिङ्ग जिल्लाको काकचिङ्ग थाना अन्तर्गत पल्लेल लाइमनाई चिङ्गजिन क्षेत्रबाट चँदेल जिल्लााो लिवा लेइकुन गाउँ, लिवा सारेई निवासी दुई जना मानिसहरूलाई पक्राउ गरेको छ, जसमा थ. विनी (52) र आयोला शिङ्गलाई (55) नामक व्यक्तिहरू सामेल छन्। यिनीहरूको कब्जाबाट 288 वटा एसपी क्यापसुल र दुई वटा मोबाइल फोन जफत गरिएको छ। पुलिसले यस मामिलामा अग्रिम कानूनी कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा