असम विधानसभामा मुख्यमन्त्रीको बयान, एनडीएको जीतलाई बताए राजनीतिक इतिहासको माइल खुट्टी
असम विधानसभामा मुख्यमन्त्रीको बयान, एनडीएको जीतलाई बताए राजनीतिक इतिहासको माइल खुट्टी


गुवाहाटी, 26 मई (हि.स.)। असम विधानसभा अधिवेशनको चौथो दिन मङ्गलवार राज्यपालको अभिभाषणमाथि भएको चर्चाको जवाफ दिँदै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, भाजपा नेतृत्वाधिन गठबन्धनले लगभग एक करोड़ मतदाताहरूको समर्थन प्राप्त गरी 102 वटा सीटमा जीत दर्ता गर्दै राज्यको राजनीतिक इतिहासमा एउटा माइल खुट्टी स्थापित गरेको छ।

मुख्यमन्त्रीले सदनमा भने, भाजपालाई 82 लाख, असम गण परिषद (अगप)-लाई 14 लाख तथा बीपीएफलाई 8 लाख भोट प्राप्त भएको छ। यसरी गठबन्धनलाई राज्यको लगभग 50 प्रतिशत मतदाताहरूको समर्थन प्राप्त भएको छ।

डा. सरमाले आफ्नो सम्बोधनमा हिंसामुक्त असमको दिशामा सरकारका उपलब्धिहरूको पनि उल्लेख गरे। उनले भने, राज्यमा बम विस्फोट तथा आन्दोलनकारी हिंसाका घटनाहरूमा कमी आएको छ भने असम अब शान्तिको मार्गमा अग्रसर भइरहेको छ।

मुख्यमन्त्रीले यो पनि भने, विभिन्न शान्ति सम्झौताको माध्यमबाट 6 हजार युवकहरू मुख्यधारामा फर्किएका छन्। उनले दाबी गरे, राज्यमा सक्रिय उल्फा उग्रवादीहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ। शपथ ग्रहण गरेको दिनदेखि नै आफू राज्यवासीका आकाङ्क्षाहरूमा खरो उत्रिने प्रयासमा लागिपरेको दाबी गर्दै उनले अघि भने, 2 लाख युवाहरूलाई नोकरी दिने आफ्नो वाचालाई पूरा गर्नको लागि रोड म्याप तयार गरिँदैछ।

मुख्यमन्त्रीले भने, राज्यका महिलाहरूले राज्यको विकासमा महत्वपूर्ण योगदान दिउन्, यसको लागि उनको सकारले महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको छ। महिलाहरू भान्सा घरसँगसँगै परिवारको अर्थव्यवस्था पनि सम्हाल्न चाहन्छन्, त्यसैले उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउनको लागि सरकारले काम गरिरहेको छ।

मुख्यमन्त्रीले पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धि तथा महँगीलाई लिएर पनि चर्चा गरे। यस अवधि मुख्यमन्त्रीले राज्यपालको अभिभाषणमाथि भएको चर्चामा उठेका प्रायः सबै मुद्दाहरूमा जवाफ दिने चेष्टा गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande