अन्नपूर्ण योजनाको फारम बुधवार जारी हुनेछ, माँ क्यान्टिनमा अब पाँच रुपियाँमा माछा-भात पाइनेछ
अन्नपूर्ण योजनाको फारम बुधवार जारी हुनेछ, माँ क्यान्टिनमा अब पाँच रुपियाँमा माछा-भात पाइनेछ


कोलकाता, 26 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले मङ्गलवार कल्याणीमा आयोजित प्रशासनिक समन्वय बैठकपछि केही महत्वपूर्ण घोषणाहरू गरे। बैठकमा नदिया, उत्तर 24 परगना औ हुगली जिल्लाका प्रशासनिक अधिकारीहरू सहित मन्त्रीमण्डलका सदस्यहरू उपस्थित थिए।

मुख्यमन्त्रीले भने, लक्खी भण्डार योजनालाी चाँड़ै अन्नपूर्ण भण्डार योजनामा परिवर्तन गर्ने प्रक्रिया पूरा गरिनेछ। उनले घोषणा गरे, बुधवार नवान्नबाट अन्नपूर्णा योजनाको फारम जारी गरिनेछ। यो फारम अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध रहनेछ। योजनाको लाभ लिनका लागि लाभार्थीहरूले फारम भर्नु अनिवार्य हुनेछ।

मुख्यमन्त्री अनुसार जति छिटो नामाङ्कन प्रक्रिया पूरा हुनेछ, त्यति नै छियो लाभ पाउन शुरू हुनेछ। उनले स्पष्ट पारे, अन्नपूर्णा भण्डार योजना पूर्ण रूपले शुरू नहुञ्जेलसम्म लाभार्थीहरूलाई लक्खी भण्डार योजनाको लाभ प्राप्त भइरहनेछ। बुधवारदेखि नै अन्नपूर्ण भण्डारको प्रक्रिया शुरू गरिनेछ। मुख्यमन्त्रीले यो पनि भने, यस योजनाको लाभ भारतीय नागरिकहरूले मात्र पाउनेछन्।

माँ क्यान्टिनको सन्दर्भमा पनि राज्य सरकारले ठूलो फसेला गरेको छ। अब सातामा दुई दिन माँ क्यान्टिनमा पाँच रुपियाँ माछा-भात उपलब्ध गराइनेछ। मुख्यन्त्रीले बताए, हाल राज्यमा लगभग चार सय वटा माँ क्यान्टिन सञ्चालन भइरहेको छ।

स्वास्थ्य विभागलाई लिएर पनि महत्वपूर्ण घोषणा गरियो। मुख्यमन्त्रीले भने, आयुष विभागलाई स्वास्थ्य विभागबाट अलग्गै राखिनेछ। अब यो विभागले स्वतन्त्र रूपमा कार्य गर्नेछ। यसको साथै उनले भने, स्वास्थ्य साथी योजनालाई आयुष्मान भारत योजनामा परिवर्तन गर्ने प्रक्रिया शुरू भइसकेको छ। प्रक्रिया पूरा नहुञ्जेलसम्म मानिसहरूलाई स्वास्थ्य साथी योजनाको लाभ प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande