
वीरभूम, 26 मई (हि.स.)। पश्चिम बङ्गालको बीरभूम जिल्ला अन्तर्गत सैंथिया थाना क्षेत्रको कुर्मासा गाउँमा काजल शेखको हत्या भएको घटना प्रकाशमा आएको छ। मृतक काजल शेखलाई भाजपा विधायक कृष्णकान्त शाहको समर्थक मानिन्छ। घटनाको कारणले क्षेत्रमा तनाउ फैलिएको छ।
बताइन्छ, गए सोमवार राती काजल शेख आफ्नो घरमा फर्किरहेका थिए। यसै अवधि अहमदपुर टेकेड़ा मोड़ नजिक आइपुगेपछि केही उपद्रवीहरूले तिनको बाइकलाई रोकेर तिनीमाथि धारिलो हतियारले प्रहार गरे। यस घटनामा काजल शेख गम्भीर रूपमा घाइते भएर सड़कमा मुर्छित परे। स्थानीय मानिसहरूको नजर घाइते काजलमाथि पर्नसाथ उनीहरूले तुरून्त पुलिसलाई सूचना दिए। घटनास्थलमा पुगेपछि पुलिसले तिनलाई बोलपुर सब-डिभीजनल अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। मङ्गलवार बिहान शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।
यस घटनाको भाजपा विधायक कृष्णकान्त शाहले कड़ा निन्दा गरेका छन्। उनले पुलिससित चाँड़ोभन्दा चाँड़ो आरोपीहरूलाई पक्राउ गर्ने माग गरेका छन्।
पुलिसले यस मामिलामा कारबाही गर्दै तीन जना तृणमूल समर्थकहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा क्रमैले शेख साहब, शेख नईम औ शेख जहाँगीर सामेल छन्। पुलिसले शेख साहबको घरबाट रगत लागेको कपड़ा फेला पारेको छ।
भनिन्छ, काजल शेखले पुरानो मोटरसाइकलको पार्ट्स किनबेच गर्ने काम गर्दथे। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ। यस घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा