असामाजिक तत्वहरूविरूद्ध बङ्गाल पुलिसको कड़ा कदम, पक्राउपछि सड़कमा गराइयो परेड
असामाजिक तत्वहरूविरूद्ध बङ्गाल पुलिसको कड़ा कदम, पक्राउपछि सड़कमा गराइयो परेड


हावड़ा, 26 मई (हि.स.)। हावड़ामा अपराध तथा धन आर्जनविरूद्ध पुलिसले उत्तर प्रदेशको योगी आदित्यनाथको पुलिसले जस्तै कड़ा कदम चाल्दै तीन दिनभित्रमा तीन जना आरोपीहरूलाईसार्वजनिक रूपमा सड़कहरूमा घुमायो। यसमा तृणमूल कङ्ग्रेसका नेता शमिम अहमद उपनाम बड़े, धन आर्जनको आरोपमा बर्खास्त अस्थायी होमगार्ड शाहिन मोल्ला औ उत्तर हावड़ाका ‘डन’ आकाश सिंह सामेल छन्।

तीनै जना आरोपीहरूलाई 'इनर वेर' मात्र लगाएर विभिन्न क्षेत्रहरूमा घुमाइयो। शाहिन मोल्लाको कम्मरमा ़डोरी बाँधिेको थियो भने अन्य दुई जना आरोपीहरूलाई हतकड़ी लगाइएको थियो। पुलिसको भनाइ छ, अपराडीहरूमा डर उत्पन्न गराउन तता कड़ा सन्देश दिने उद्देश्यले यस किसिमको कारबाही गरिएको हो।

शाहिन मोल्लालाई गत 23 मईको दिन पक्राउ गरिएको थियो। पक्राउअघि तिनलाई नोकरीबाट बर्खास्त गरिएको थियो। आरोप छ, होमगार्ड भएर पनि उसको ठूलो प्रभाव थियो र दादागिरी गरेर मानिसहरूलाई धम्काउने तथा पैसा असुली गर्ने काम गर्थ्यो।

गए सोमवार हावड़ा अदालतले उसलाई चार दिनको पुलिस हिरासतमा पठाइदिएको छ।

यता शिवपुरका पूर्व प्रभावशाली तृणमूल नेता शमिम अहमद उपनाम बड़ेलाई पनि पुलिसले गाउँमा घुमायो। गए सोमवार साँझ केन्द्रिय बल तथा पुलिसको संयुक्त टीमले जीटी रोड र ट्राम डीपो क्षेत्रमा उसको घर अगाड़ि हतकड़ी लगाएर उसलाई पैदल हिँड़ायो। शमिमलाई पछिल्लो साता मुम्बईबाट अन्य दुई जनासितै पक्राउ गरेको थियो। पछि ट्रान्जिट रिमाण्डमा उसलाई पश्चिम बङ्गालमा ल्याइएको थियो।

उत्तर हावड़ाका तथाकथित ‘डन’ आकाश सिंहलाई पनि पुलिसले हतकड़ी लगाएर विभिन्न क्षेत्रमा घुमाउँदै केही आपराधिक घटनाहरूको पुनर्निर्माण गरायो। पुलिस अनुसार आकाशमाथि पुलिसलाई गोली चलाएको सहित 20 वटाभन्दा अधिक आपराधिक ममिलामा संलिप्त रहेको आरोप छ। उसलाई गत शनिवार पक्राउ गरिएको थियो।

स्थानीय मानिसहरूको भनाइ छ, हावड़ा पुलिसको यो रूप पहिला कहिल्यै देखिएको थिएन। तथापि आरोपीहरूलाई यस किसिमको सार्वजनिक रूपमा घुमाएकोमा केही मानिसहरूले प्रश्न पनि उठाएका छन्। पुलिसको भनाइ छ, अपराधविरूद्ध कड़ा सन्देश दिनु नै यस कारबाहीको मुख्य उद्देश्य हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande