मङ्गलवार लगातार चौथो दिन राजौरीको माञ्जकोटमा आतङ्कवादीहरूको धरपकड़ अभियान जारी
मङ्गलवार लगातार चौथो दिन राजौरीको माञ्जकोटमा आतङ्कवादीहरूको धरपकड़ अभियान जारी


राजौरी, 26 मई (हि.स.)। सुरक्षाबलहरूद्वारा सञ्चालित व्यापक घेराबन्दी तथा खोजी अभियान (सीएएसओ) मङ्गलवार लगातार चौथो दिन पनि राजौरी जिल्लाको माञ्जकोट सेक्टर अन्तर्गत घना जङ्गल गम्भीर मुगलन र दोरिमालमा जारी रह्यो। यो अभियान क्षेत्रमा संदिग्ध आतङ्कवादीहरूको उपस्थिति रहेको गुप्त जानकारीको आधारमा शुरू गरिएको हो। यो संयुक्त अभियान भारतीय सेना, जम्मू औ कश्मीर पुलिस तथा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)- द्वारा पीर पञ्जाल क्षेत्रको दुर्गम वन क्षेत्रमा सञ्चालन भइरहेको छ।

स्थानीय बासिन्दाहरूले बताए, पछिल्लो केही दिनभित्रमा क्षेत्रको सुरक्षा व्यवस्थामा व्यापक विस्तार गरिएको छ। स्थानीय निवासी आकिब खानले भने, संदिग्ध आतङ्कवादीहरू रहेको सूचना प्राप्त भएदेखि नै गम्भीर मुगलन वन क्षेत्रमा प्रचुर मात्रामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। उनले अझ भने, सम्पूर्ण क्षेत्रलाई कठोर घेराबन्दीभित्र राखिएको छ। खोजी अभियान लगातार जारी छ। स्थानीय निवासीहरू सुरक्षा एजेन्सीहरूलाई सहयोग गरिरहेका छन्। स्थिति चाँड़ै सामान्य हुने आशामा बसेका छन् क्षेत्रवासी।

यसरी नै स्थानीय मोहम्मद जावेदले क्षेत्रको दुर्गम भूभागको स्थितिमाथि प्रकाश पारे।

स्मरण गराइन्छ, यस क्षेत्रमा गत शनिवारको दिन सुरक्षा बलहरू र आतङ्कवादीहरूबीच भिड़न्त भएको थियो। तबदेखि नै आतङ्कवादीहरूलाई धरपकड़ गर्नको लागि सुरक्षा बलहरूले संयुक्त अभियालाई जारी राखेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande