पञ्जाब निकाय चुनाउः अरविन्द केजरीवालले गरे मतदान गर्ने अपील
पञ्जाब निकाय चुनाउः अरविन्द केजरीवालले गरे मतदान गर्ने अपील


नयाँ दिल्ली, 26 मई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले पञ्जाब निकाय चुनाउमा सबै मतदाताहरूसित आफ्नो मताधिकार प्रयोग गर्ने अपील गरे।

अरविन्द केजरीवालले मङ्गलवार सोशल मीडिया प्लेटफर्म एक्सको माध्यमबाट भने, पञ्जाबमा भइरहेको निकाय चुनाउमा हरेक नागरिकले आफ्नो मताधिकार अवश्य प्रयोग गरून्, किनभने लोकतन्त्रमा भोट नै जनताको सबैभन्दा ठूलो शक्ति हो।

केजरीवालले भने, तपाईहरूको एउटा भोटले तपाईहरूको परिवारको खुसियाली, क्षेत्रको विकास तथा सानो-ठूलो समस्याहरूको समाधान गर्ने बाटो तय गर्छ।

उल्लेखनीय छ, पञ्जाबका 105 वटा नगर निकायहरूमा आज मतदान भइरहेको छ जसको मतगमना आगामी 29 मईमा हुनेछ। पञ्जाबका आठ वटा नगरनिगम, 76 वटा नगर परिषद औ 21 वटा नगर पञ्चायतहरूमा यो चुनाउ भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande