
कोलकाता, 26 मई (हि.स.)। पश्चिम बर्धमान जिल्लाको जामुड़ियास्थित चुरुलिया क्षेत्रमा मङ्गलवार बिहान विद्रोही कवि काजी नजरूल इस्लामको 127औं जयन्तीको अवसरमा भव्य प्रभात फेरीको आयोजन गरियो। यो प्रभात फेरी कविको समाधि स्थलदेखि शुरू भएर सम्पूर्ण क्षेत्रको परिक्रमण गर्दै पुनः समाधि स्थलमा पुगेर समापन गरियो।
यस अवसरमा काजी नजरुल इस्लाम विश्वविद्यालयको पहलमा नयाँ शैलीमा 46औं नजरुल मेला एवं सांस्कृतिक कार्यक्रमको पनि उद्घाटन गरियो। कार्यक्रममा विश्वविद्यालयका कुलपति डा. उदय बन्द्योपाध्याय सहित अन्य प्रोफेसर तथा गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति उदय बन्द्योपाध्यायले भने, सुभाष चन्द्र बोसले एक समयमा भनेका थिए कि नजरूल इस्लाम यस्ता कवि थिए जो कविता लेख्दा-लेख्दै जेलमा थुनिएका थिए र आवश्यकता पर्दा उनले हतियार पनि उठाएका थिए। उनले यो पनि भने, नजरुल इस्लामले हरेक किसिमको कविता र गीत रचेर बङगाली साहित्यलाई समृद्ध तुल्याए। उनी विश्व स्तरमा महान कवि हुन्।
जन्म जयन्तीको अवसरमा चुरूलियामा दिनभरि विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेलाको आयोजन गरियो जसमा ठूलो सङ्ख्यामा मानिसहरू सामेल भएर कविलाई श्रद्धाञ्जली अर्पण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा