मुख्यमन्त्री शुभेन्दु अधिकारीको प्रशासनिक बैठकमा पुगिन् तृणमूल सांसद काकली घोष दस्तीदार
मुख्यमन्त्री शुभेन्दु अधिकारीको प्रशासनिक बैठकमा पुगिन् तृणमूल सांसद काकली घोष दस्तीदार


कोलकाता, 26 मई (हि.स.)। तृणमूल कङ्ग्रेसकी वरिष्ठ सांसद काकली घोष दस्तीदार मङ्गलवार मुख्यमन्त्री शुभेन्दु अधिकारीको प्रशासनिक बैठकमा सामेल भइन्। यसबाट राज्यको राजनीतिमा नयाँ चर्चा शुरू भएको छ। हालैमा उनले तृणमूलको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि मङ्गलवार कल्याणीमा आयोजित प्रशासनिक बैठकमा उनको उपस्थितिलाई राजनीतिक रूपमा धेरै महत्वपूर्ण मानिँदैछ।

सूत्र अनुसार कल्याणीस्थित एपीजे अब्दुल कलाम प्रेक्षागृहमा आयोजित यस बैठकमा उत्तर 24 परगना, नदिया औ हुगली जिल्लाका प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा काकली घोष दस्तीदार लगायत देगङ्गाबाट हालैमा निर्वाचित तृणमूल विधायक अनिसुर रहमान पनि उपस्थित थिए। तृणमूल नेताहरूको यस उपस्थिति पश्चात उनीहरूको राजनीतिक भविष्यलाई लिएर अड़कल लगाइँदैछ।

भनिन्छ, सरकार गठन भएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले घोषणा गरेका थिए, प्रशासनिक बैठकहरूमा विपक्षी दलका जनप्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिनेछ। यसै नीति अन्तर्गत काकली घोष दस्तीदार र अन्य जनप्रतिनिधिहरूलाई बैठकमा डाकिएको थियो।

भर्खरै मात्र काकली घोष दस्तीदारले पार्टीभित्र आफ्नो असन्तुष्टि सार्वजनिक गरिसकेकी छन्। उनलाई तृणमूल संसदीय दलको मुख्य सचेतक पदबाट अपदस्थ गरेर यो जिम्मेवारी कल्याण ब्यानर्जीलाई सुम्पिइएको थियो। त्यसपछि उनले एक्समा एक सङ्केतपूर्ण टिप्पणी पनि गरेकी थिइन्।उनले बारासात सङ्गठनात्मक जिल्ला तृणमूल अध्यक्षको पदबाट पनि राजीनामा दिइन्। यस्तो स्थितिमा मुख्यमन्त्रीको बैठकमा उनको उपस्थितिलाई राजनीतिक पर्यवेक्षकहरूले महत्वपूर्ण घटनाक्रमको रूपमा हेरिरहेका छन्।

बैठकमा सामेल भएको सम्बन्धमा प्रश्न गर्दा काकली घोष दस्तीदारले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, “प्रशासन सबैको हो।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande