29 मईदेखि बन्द रहनेछ काजीरङ्गा, आजदेखि बन्द भयो पोबितोरा अभयारण्य
29 मईदेखि बन्द रहनेछ काजीरङ्गा, आजदेखि बन्द भयो पोबितोरा अभयारण्य


गुवाहाटी, 26 मई, (हि.स.)। काजीरङ्गा राष्ट्रिय उद्यान एवं टाइगर रिजर्भ आगामी 29 मईदेखि पर्यटकहरूको लागि पूर्ण रूपले बन्द रहनेछ। यो सँगसँगै आगामी 28 मईदेखि काजीरङ्गाको 2025-26 पर्यटन सत्र समाप्त हुनेछ। मनसुनको आगमनलाई ध्यानमा राखेर उद्यान प्रशासनले यो निर्णय लिएको हो।

अर्कोतिर पबितोरा वन्यजीव अभयारण्य पनि आजदेखि पर्यटकहरूको लागि बन्द भएको छ। बर्खाझरीमा वन्यजीवहरूको आवागमन बढ़्ने तथा प्राकृतिक परिस्थितिलाई मध्यनजर गर्दै यो कदम उठाइएको हो।

अधिकारी अनुसार यस पर्यटन सत्रमा काजीरङ्गा र पबितोरामा ठूलो सङ्ख्यामा देशी-विदेशी पर्यटकहरूको आगमन हुन्छ। मनसुन समाप्त भएपछि मौसम तथा सड़कको स्थिति अनुसार दुवै संरक्षित क्षेत्रहरूलाई पुनः पर्यटकहरूको लागि खोलिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande