
कोलकाता, 26 मई (हि.स.)। कोलकाता हवाईअड्डामा मङ्गलवार अपरान्ह एउटा ठूलो दुर्घटना भयो। हवाईअड्डाको घरेलु प्रस्थान क्षेत्रमा रखरखाउ कार्य भइरहेको बेला एउटा लिफ्ट अचानक भाँचिएर तल झऱ्यो। यस दुर्घटनामा तीन जना कर्मचारीहरू गम्भीर रूपमा घाइते भए। सबै घाइतेहरूलाई तत्काल अस्पतालमा भर्ती गरियो जहाँ उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
हवाईअड्डा सूत्र अनुसार यो दुर्घटना अपरान्ह लगभग एक बजे 34 नम्बर लिफ्टमा भएको हो। भनिन्छ, यो लिफ्ट पछिल्लो केही दिनदेखिको रखरखाउ कार्यको लागि बन्द थियो। यसै अवधि अचानक तकनिकी खराबीको कारणले लिफ्ट भाँचिएर तल झऱ्यो।
कोलकाता हवाईअड्डाको घरेलू प्रस्थान क्षेत्रमा यात्रीहरूलाई विमानसम्म पुऱ्याउनको लागि बस तथा एरोब्रिज दुवै सुविधा उपलब्ध छ। एरोब्रिजसम्म पुग्नका लागि यात्रीहरूलाई दोस्रो तलामा जानुपर्छ जसको लागि एस्केलेटर र लिफ्टको व्यवस्था छ। दुर्घटनाग्रस्त भएको 34 नम्बर लिफ्ट यसै व्यवस्थाको एक भाग थियो।
घाइते कर्मचारीहरूलाई बाहिर निकालेर तुरून्तै अस्पतालमा पुऱ्याइयो। घटनापछि हवाईअड्डाको सुरक्षा व्यवस्था तथा रखरखाउ प्रणालीलाई लिएर गम्भीर प्रश्न उठिरहेको छ।
भारतीय विमानपत्तन प्राधिकरण औ हवाईअड्डा प्रशासन सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ। प्रारम्भिक रूपमा तकनिकी खराबीलाई यसको कारण मानिँदैछ, तथापि विस्तृत जाँच रिपोर्ट आएपछि नै वास्तविक कारण पत्तो लाग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा