
नगाउँ (असम), 26 मई, (हि.स.)। मोरिकोलोङ्गको चर्चित लुटकाण्डका मास्टरमाइण्ड खैरूल अली उपनाम मोनीलाई नगाउँ पुलिसले गोली दागी मारेपछि यस काण्डका पीड़ित रञ्जीत सैकियाले प्रतिक्रिया व्यक्त गरेका छन्।
रञ्जीत सैकियाले भने, “हामीले न्याय पायौं। पुलिसलाई धन्यवाद। यस संसारमा भगवान छन्।” उनले भने, डाँकाहरूले हमला गरेको कारणले उनकी चिकित्सक पत्नी रूपरेखा भुइयाँ सैकियाको मृत्यु भएको थियो।
उल्लेखनीय छ, मोरिकोलोङ्गमा भएको यस डकेटीको घटनाले सम्पूर्ण क्षेत्रमा व्यापक सन्त्राष फैलाएको थियो। घटनामा चिकित्सक रूपरेखा भुइँया सैकियाको हत्या भएपछि पुलिसले व्यापक अभियान शुरू गरेको थियो।
नगाउँ पुलिसले अभियानको क्रममा घटनाका मुख्य आरोपी र मास्टरमाइण्ड खैरूल अली उपनाम मोनीलाई गोली दागी मारिदियो। पुलिस अधीक्षकले दाबी गरे, गुप्त सूचनाको आधारमा गए राती पुगेको पुलिसको टीमलाई देखेर आरोपीले गोली चलाउन शुरू गऱ्यो। पुलिसद्वारा गरिएको जवाफी कारबाहीमा उसको मृत्यु भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा