सुखेन्दुशेखर रायको पोस्टले राजनीतिक खैलाबैला मचायो, तृणमूलमा आन्तरिक असन्तोष रहेको अड़कल
सुखेन्दुशेखर रायको पोस्टले राजनीतिक खैलाबैला मचायो, तृणमूलमा आन्तरिक असन्तोष रहेको अड़कल


कोलकाता, 26 मई (हि.स.)। पश्चिम बङ्गालको राजनीतिमा चुनावी झट्का लागेपछि तृणमूल कङ्ग्रेसभित्र असन्तोष व्याप्त रहेका चर्चाहरू लगातार बढ़्दो छ। यसैबीच तृणमूल कङ्ग्रेसका राज्यसभासांसद सुखेन्दुशेखर रायको एक सङ्केतपूर्ण पोस्टले राजनीतिक गल्लीहरूमा नयाँ अड़कललाई जन्म दिएको छ।

सांसदले ‘एक्स’-मा प्राचीन रोमन सम्राट जूलियस सीजरको उल्लेख गर्दै लेखे, 44 ईसा पूर्वमा मार्चको ‘आइड्स’ -को दिन रोमन सम्राटको सीनेटभित्रै हत्या भएको थियो। रोमन क्यालेण्डर अनुसार ‘आइड्स’ सामान्यतः मार्च, मई, जुलाई र अक्टोबरको 15 तारिकलाई भनिन्थ्यो। तर यस वर्ष मईको ‘आइड्स’ आउन अगावै पश्चिम बङ्गालका मानिसहरूले “असहनीय अराजक स्थिति”-लाई अन्त गरिदिए।

सांसदको यस्तो टिप्पणी पश्चात राजनीतिक जगतमा चर्चा शुरू भएको छ कि के उनले अप्रत्यक्ष रूपमा राज्यमा तृणमूल शासनकालमा अराजक स्थिति रहेको कुरालाई स्वाकार गरेका हुन्? साथै यो पनि प्रश्न उठ्न थालेको छ कि के तृणमूल कङ्ग्रेसको नेतृत्वदेखि उनी टाँड़िँदै गइरहेका छन्?

भर्खरैको चुनावी पराजय पश्चात तृणमूल कङ्ग्रेसभित्र असन्तोष बढ़्दै गरेको कुरा बाहिरिन थालेको छ। पार्टीका केही नेताहरूले सार्वजनिक रूपमै नेतृत्वको शैलीमाथि प्रश्न उठाइसकेका छन्। विशेष गरी पार्टीका वरिष्ठ नेता अभिषेक ब्यानर्जीलाई लिएर कतिपय नेताहरूले असन्तोष व्यक्त गरेका छन्।

सूत्र अनुसार पार्टी लाइनभन्दा भिन्नै बयान दिने केही नेताहरूलाई शीर्ष नेतृत्वको असन्तुष्टिको सामना गर्नु परेको छ। केही मामिलाहरूमा अनुशासनात्मक कारबाही र निलम्बनसम्म गरियो। यस्तो माहोलमा सांसद सुखेन्दुशेखर रायको यो पोस्ट तृणमूल कङ्ग्रेसको लागि नयाँ असहजताको कारण बन्न पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande