कुचबिहारमा युवा तृणमूलका जिल्लाध्यक्ष पक्राउ
कुचबिहारमा युवा तृणमूलका जिल्लाध्यक्ष पक्राउ


कुचबिहार, 26 मई (हि.स.)। कुचबिहारमा युवा तृणमूल कङ्ग्रेसका जिल्ला अध्यक्ष स्वपन बर्मनलाई पुलिसले पक्राउ गरेको छ। गए सोमवार राती घोकसाडाङ्गा थानाको पुलिसले माथाभाङ्गाको पाराडुबी क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

तथापि तिनलाई कुन मामिलामा पक्राउ गरिएको हो, अहिलेसम्म स्पष्ट हुन सकेको छैन। उनको पक्राउपछि सम्पूर्ण क्षेत्रमा खैलाबैला शुरू भएको छ। स्वपन बर्मन पेशाले एकजना शिक्षक रहेको बताइएको छ।

जानकारी मुताविक स्वपन बर्मन पहिला भारतीय जनता पार्टी (भाजपा)-सित जोड़िएका थिए, तर वर्ष 2024-को लोकसभा चुनाउपछि उनले भाजपा छोड़ेर तृणमूल कङ्ग्रेसमा सामेल भएका थिए। पार्टीमा सामेल भएपछि तिनको राजनीतिक स्तर द्रूत गतिमा बढ़्यो। एक वर्षभित्रमै तिनलाई युवा तृणमूलको जिल्ला अध्यक्ष बनाइयो।

गए सोमवार अबेर राती घोकसाडाङ्गा थानाको पुलिसले पाराडुबी हरिमन्दिर क्षेत्रस्थित उनको घरमा छापा मारेर उनलाई पक्राउ गऱ्यो। हाल पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande