
इटानगर, 27 मई(हि.स.)। अरुणाचल प्रदेशमा पछिल्लो केही दिनदेखिको लगातार पानी परिरहेको कारणले जनजीवन पूर्ण रूपले प्रभावित भएको छ। भयानक पैह्रोको कारणले नेशनल हाइवे- 13 स्थित पोटिन-जीरो मार्गमा यातायात कैयौंं घण्टासम्म बाधित रह्यो जसबाट सयकड़ौं यात्रीहरू सड़कमै फसे।
भनिन्छ, इटानगरदेखि पोटिन जाने सड़कमा पैह्रोले सोहोरेर ल्याएको ढुङ्गा-माटो थुप्रिएको कारणले आवागमन पूर्ण रूपले ठप्प भएको थियो। यस मार्गले राज्यका चार वटा महत्वपूर्ण जिल्लाहरू क्रमैले कियी पान्योर, लोअर सुबनसिरी, क्रा दाडी औ कुरुङ्ग कुमेलाई जोड़्छ। सड़क बन्द भएको कारणले यात्रीहरूलाई घण्टौसम्म बाटोमा बस्न परिरहेको छ।
पैह्रो आएको कारणले हाइवेमा प्रचुर मात्रामा अवशेषहरू थुप्रिएका छन् फलस्वरूप लोअर सुबनसिरी जिल्लाको मुख्यालय जीरोको सड़क सम्पर्क व्यवस्था प्रभावित भएको छ। यो सड़कले पापुम मारे के पोटिन हुँदै जीरोलाई जोड़्छ भने याजाली भएर गुज्रिन्छ।
अधिकारीहरू अनुसार अविरल वर्षा र प्रतिकूल मौसमको कारणले सड़कबाट अवशेषहरूलाई हटाउने कार्यलाई तत्कालै शुरू गर्न सकिएन। विभागले केही घण्टापछि मार्गलाई आंशिक रूपमा वाहनहरूको लागि खोलिदिएको भए पनि पूर्ण रूपमा यातायात बहाल हुन अझ दुई-तीन दिनको समय लाग्नसक्छ।
प्रशासनले यात्रीहरूलाई सल्लाह दिएको छ, उनीहरू प्रभावित मार्ग भएर यात्रा गर्नदेखि बचुन् तथा असमको किमिन भएर वैकल्पिक मार्गलाई उपयोग गरून् ताकि इटानगर र अन्य क्षेत्रसम्म सुरक्षित पुग्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा