पुलिस भिड़न्तमा कुख्यात बदमाश पक्राउ, खुट्टामा गोली लाग्यो
पुलिस भिड़न्तमा कुख्यात बदमाश पक्राउ, खुट्टामा गोली लाग्यो


नोएडा, 27 मई (हि.स.)। जारचा पुलिसले बुधवार बिहान इन्काउन्टरको क्रममा एक कुख्यात अपराधीलाई पक्राउ गरेको छ। उ विरुद्ध विभिन्न पुलिस थानामा डकैती, चोरी र गुण्डागर्दी लगायत 17 भन्दा बढ़ी मुद्दा दर्ता छन्। अपराधीको खुट्टामा गोली लागेको छ।

पुलिस उपायुक्त (क्षेत्र 3) डा. प्रवीण रञ्जन सिंहले भने, जारचा पुलिसले आज बिहान चेकिङ गरिरहेको बेला उनीहरूले मोटरसाइकलमा धेरै अपराधीहरू आउँदै गरेको देखे। पुलिसले रोक्न संकेत गर्दा अपराधीहरूले रोक्नुको सट्टा पुलिस टोलीमाथि गोली चलाएर भागे। जवाफमा पुलिसले पनि गोली चलायो। कलौदा गाउँको निवासी शहजादको खुट्टामा गोली लागेको छ। पुलिसले घाइते अपराधीलाई उपचारको लागि अस्पताल भर्ती गरेको छ। उनले यो पनि भने, उनीहरूले देशी पेस्तोल, कारतूस र नम्बर प्लेट बिनाको मोटरसाइकल जफत गरेका छन्। विभिन्न पुलिस थानामा डकैती, चोरी र गुण्डागर्दी लगायत 17 वटा मुद्दा दर्ता भएका छन्।

पुलिसले अभियुक्तका अन्य सहयोगीहरूको खोजी गरिरहेको छ। यो अपराधीले गिरोहको रूपमा डकैती र चोरी गर्दै आएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande