
गुवाहाटी, 27 मई, (हि.स.)। असममा समान नागरिक संहिता (यूसीसी)-लाई भाजपा नेता तथा विधायकहरूले व्यापक समर्थन गर्दै यसलाई समान अधिकार एवं न्याय सुनिश्चित गर्ने दिशामा ऐतिहासिक कदम बताए। भाजपा विधायकहरूले बुधवार असम विधानसभा परिसरमा समान संहिता बिलमाथि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
उल्लेख्य, आज विधानसभामा यस विधेयकमाथि चर्चा भएपछि यसलाई पारित गर्ने तयारीमा सरकार रहेको छ।
भाजपाका पूर्वमन्त्री पीयूष हजारिकाले भने, महिलाहरूको सहमति बिना कुनै पुरूषलाई चार-चार वटा विवाह गर्ने अनुमति दिने नियम अन्यायपूर्ण छ। उनले भने, हिन्दू समुदायमा दुई वटा विवाह गर्दा जेलको सजाय हुने प्रावधान छ भने अन्य समुदायका मानिसहरूलाई चार वटा विवाह गर्ने अनुमति प्राप्त छ। यस्तो भेदभावपूर्ण नियमलाई मासेर यूसीसी लागू गरिनुपर्छ।
विधायक रूपज्योति कुर्मीले यूसीसी लागू गर्ने निर्णयलाई स्वागतयोग्य कदम बताउँदै भने, कानून सबैको लागि समान हुनुपर्छ। उनले भने, यूसीसीको माध्यमबाट सबै नागरिकहरूलाई समान अधिकार प्राप्त हुनेछ।
विधायक पल्लब लोचन दासले भने, यूसीसीले भावी पिँंढ़ीहरूको लागि नयाँ युगको शुरूआत गर्नेछ र समाजलाई अधिक गतीशील दिशा दिनेछ।
यसरी नै भाजपा कार्यकर्ताहरूको लागि यो ऐतिहासिक उपलब्धिको दिन रहेको बताउँदै भाजपा विधायक दिप्लुरञ्जन शर्मालेदाबी गरे, यूसीसी लागू भए अल्पसङ्ख्यक तुष्टीकरणको राजनीति नै मासिनेछ।
विधायक मृणाल सैकियाले यस दिनलाी ऐतिहासिक बताउँदै यूसीसीको माध्यमबाट मुस्लिम महिलाहरूमाथि भइरहेको अन्याय र भेदभावको अन्त हुने दाबी गरे।
अर्कोतिर विधायक मानब डेकाले आरोप लगाए, विपक्षीले एक विशेष समुदायको तुष्टिकरकरणको राजनीतिले गर्दा मात्र यूसीसीको विरोध गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा