भोपालः आईपीएस अधिकारीकी छोरीले फाँसी लगाएर आत्महत्या गरी, जाँचमा जुट्यो पुलिस
भोपालः आईपीएस अधिकारीकी छोरीले फाँसी लगाएर आत्महत्या गरी, जाँचमा जुट्यो पुलिस


भोपाल, 26 मई (हि.स.)। मध्य प्रदेशको राजधानी भोपालको पश क्षेत्रस्थित चर इमलीमा गए मङ्गलवार एक जना आईपीएस अधिकारीकी नाबालिक छोरीले फाँसी लगाएर आत्महत्या गरेको दुःखदायी घटना प्रकाशमा आएको छ। यी 17 वर्षीय एघारौं कक्षाकी छात्रा आफ्नो परिवारसितै बस्थी।

जानकारी अनुसार छात्राले अपरान्हको समयमा आफ्नो घरभित्रै यस्तो आत्मघाती कदम उठाई। घटना बारे जानकारी पाउनसाथ परिवारजनले तत्कालै पुलिसलाई सूचना दियो। सूचना पाएर हबिबगञ्ज थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

पुलिस जाँचमा अहिलेसम्म घटनास्थलबाट कुनै प्रकारको सुसाइड नोट भेटिएको छैन। त्यसैले आत्महत्या गर्नुको पछाड़िको कारण हाल स्पष्ट हुन सकेको छैन। पुलिसले छात्राको मोबाइल फोन र उसका सम्पर्कहरूको जाँच गरिरहेको छ।

हबिबगञ्ज थाना प्रभारी सञ्जीव चौकसे अनुसार मामिलामा प्राथमिकी दर्ता गरिएको छ। परिवारजन तथा वरपरका छर-छिमेकीहरूसित जाँचबुझ गरिँदैछ। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट र जाँचपछि नै स्थिति स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande