
नयाँ दिल्ली, 27 मई (हि.स.)। दिल्ली निर्वाचन आयोगले बुधवार राजधानी दिल्लीमा विशेष गहन पुनरीक्षण (एसआईआर)- को प्रक्रिया शुरू गर्ने घोषणा गऱ्यो। दिल्लीमा एसआईआरको प्रक्रिया आगामी 20 जूनदेखि शुरू भइरहेको छ भने आगामी 7 अक्टोबरमा अन्तिम मतदाता सूची जारी हुनको साथै यो प्रक्रिया सम्पन्न हुनेछ।
दिल्लीका मुख्य निर्वाचन अधिकारी अशोक कुमारले बुधवार एक प्रेस कन्फ्रेन्समा राजधानीमा एसआईआरको प्रक्रिया आगामी 20 जूनदेखि शुरू गर्ने घोषणा गरे। उनले भने, एसआईआर प्रक्रियाको शुरुआत आगामी 20 जूनको दिनदेखि अधिकारीहरूको प्रशिक्षणसितै शुरू हुनेछ। यो प्रशिक्षण 29 जूनसम्म चल्नेछ। त्यसपछि बूथ लेभल अफिसर (बीएलओ)- हरूले 30 जूनदेखि 29 जुलाईसम्ममा घर-घरमा गएर जानकारी सङ्ग्रह गर्नेछन्।
उनले भने, आगामी 5 अगस्तको दिन निर्वाचन कार्यालयले मतदाता सूचीको 'ड्राफ्ट' प्रकाशित गर्नेछ जसमा 4 सेप्टेम्बरसम्ममा दिल्लीवासीहरूले आफ्नो सिकायत गर्न सक्नेछन् तथा कुनै त्रुटि भएको छ भने त्यसलाई सुधार्नको लागि आवेदन गर्न सक्नेछन्। अन्तिम मतदाता सूची 7 अक्टोबरमा प्रकाशित हुनेछ।
मुख्य चुनाउ अधिकारीले भने, दिल्लीमा घना जनसङ्ख्या तथा लगातार पलायन भइरहेको कारमले सूची अपडेट गर्न आवश्यक भएको छ। यसबाट नयाँ मानिसहरूलाई जोड़्न र हाल दिल्लीमा नबस्नेहरूको नाम हटाउनमा सहयोग पुग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा