
कोलकाता, 27 मई (हि.स.)। पछिल्लो वर्ष 2019 को लोकसभा चुनाउपछि पश्चिम बङ्गालको सन्देशखालीमा भएको राजनीतिक हिंसा तथा तीन जना भाजपा कार्यकर्ताहरूको हत्या भएको मामिलामा केन्द्रिय अन्वेषण ब्यूरोले ठूलो कारबाही गरेको छ। जाँच एजेन्सीले सन्देशखालीका कुख्यात शाहजहाँ शेखका निकटवर्ती कादेर मोल्ला सहित दश जना मानिसहरूलाई पक्राउ गरेको छ।
सीबीआई सूत्र अनुसार पछिल्लो लामो समयदेखिकै जुटाइएको प्रमाण, साक्षीहरूको बयान तथा स्थानीय स्तरमा प्राप्त सूचनाहरूको आधारमा यो पक्राउ अभियान सञ्चालन गरिएको हो। पक्रा पर्ने आरोपीहरूसित जाँचबुझ गरी मामिलासित सम्बन्धित थप जानकारी जुटाउने चेष्टा गरिँदैछ।
मामिला 8 जून, 2019- को हो। आरोप छ, लोकसभा चुनाउपछि नजाट थाना क्षेत्रमा राजनीतिक झड़प भएको थियो। त्यसै अवधि भाजपा कार्यकर्ताहरू क्रमैले प्रदीप मण्डल, सुकान्त मण्डल औ देवदास मण्डलको गोली दागेपछि फेरि धारिलो हतियारले प्रहार गरी हत्या गरिएको आरोप थियो। भनिन्छ, विवाद पार्टीको झण्डा हटाएको विषयमा शुरू भएको थियो।
घटनाको शुरुआती जाँच राज्यको सीआईडीले गरेको थियो। पछि दर्ता चार्जशीटबाट आरोपी शेख शाहजहाँ सहित 28 जना मानिसहरूको नाम हटाइएको थियो। त्यसपछि मृत भाजपा कार्यकर्ताहरूका परिवारहरूले कलकत्ता उच्च अदालतमा याचिका दर्ता गरी सीबीआई जाँच गराउने माग गरेका थिए।
उच्च अदालतको निर्देशपछि केन्द्रिय एजेन्सीले मामिलाको जाँचलाई आफ्नो हातमा लियो। अब यस मामिलामा दश जना मानिसहरूलाई पक्राउ गरिएकोलाई जाँचमा महत्वपूर्ण प्रगति भएको मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा