असममा 33 वटा गाई-गोरूसितै चार जना तस्कर पक्राउ
असममा 33 वटा गाई-गोरूसितै चार जना तस्कर पक्राउ


नगाउँ (असम), 27 मई (हि.स.)। नगाउँ जिल्लाको कलियाबोर क्षेत्रमा गुप्त सूचनाको आधारमा पुलिसको टीमलमे अभियान सञ्चालन गरी 33 वटा गाई-गोरूहरू सहित चार जना तस्कहरूलाई पक्राउ गरेको छ।

कलियाबोर पुलिसले बुधवार बताए अनुसार बितेको अबेर राती यसै थाना अन्तर्गत कुँवारीटोला क्षेत्रमा सञ्चालित अभियानमा 33 वटा गाई-गोरूहरूलाई दुई वटा वाहनहरूबाट जफत गरियो भने यस मामिलामा चार जना पशु तस्करहरूलाई पक्राउ गरियो। पक्रा पर्ने तस्करहरूको पहिचान वाहिद खान, रफिकुल इस्लाम, हफिजुल इस्लाम औ रियाजुद्दीनको रूपमा गरिएको छ।

जफत गरिएका सबै गाई-गोरूहरूलाई मेघालयको बजारसम्म अवैध रूपमा लगिरहेको थियो जहाँबाट पछि बङ्गलादेशमा पठाउने योजना थियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ। ज्ञात रहोस्, राज्यमा कड़ा पशु कानून लागू भएको भए पनि पशुहरूको तस्करी हुन छोड़ेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande