विष्णु गार्डनस्थित एउटा घरमा आगलागी, ई-स्कुटी भयो दुर्घटनाको कराण, 13 वर्षीय बालिकाको मृत्यु, बुजुर्ग जलेर घाइते
विष्णु गार्डनस्थित एउटा घरमा आगलागी, ई-स्कुटी भयो दुर्घटनाको कराण, 13 वर्षीय बालिकाको मृत्यु, बुजुर्ग जलेर घाइते


नयाँ दिल्ली, 27 मई (हि.स.)। पश्चिमी दिल्ली अन्तर्गत ख्याला क्षेत्रको विष्णु गार्डनमा अवस्थित एउटा घरमा गए मङ्गलवार अबेर राती आगो लाग्यो जसमा एकजना 13 वर्षीय बालिकाको मृत्यु भयो भने 65 वर्षीय महिला जलेर गम्भीर रूपमा घाइते भइन्। प्रारम्भिक जानकारी मुताविक आगो घरको ग्राउण्ड फ्लोरमा राखिएको इलेक्ट्रिक स्कुटी र घरेलु सामानमा लागेको थियो।

दिल्ली दमकल विभाग अनुसार दमकल कन्ट्राेल रूमलाई रात लगभग 2:43 बजे विष्णु गार्डनको गल्ली नम्बर-9 स्थित एउटा घरमा आगो लागेको सूचना प्राप्त भयो। सूचना पाए लगत्तै दमकलका तीन वटा वाहनलाई घटनास्थल तर्फ प्रस्थान गराइयो। केही मिनटपछि आगोको गम्भीरतालाई मध्यनजर गर्दै फेरि अतिरिक्त दमकल वाहनलाई घटनास्थलमा पठाइयो।

दमकल अधिकारीहरूले बताए, आगोलाई राती लगभग 3:10 बजेसम्ममा नियन्त्रित गरिसकिएको थियो। तर अपरेशन राती 4:10 बजेसम्म चल्यो। दमकल विभागको शुरूआती जाँचमा थाहा लागेको छ, आगो ग्राउण्ड फ्लोरमा राखिएको इलेक्ट्रिक स्कुटी र घरेलु सामानमा लागेको थियो। यस दुर्घटनामा दुई जना मानिसहरू जलेर घाइते भएका थिए जसलाई स्थानीय मानिसहरूले पीसीआर टीम, दमकल विभाग पुग्न अगावै गुरू गोविन्द अस्पताल,रघुबीर नगरमा लिएर गइसकेका थिए। अस्पतालका डाक्टरहरूले 13 वर्षीय जसप्रीतलाई मृत घोषित गरिदिए भने 65 वर्षी स्वामजीत कौर लगभग 35 प्रतिशत जलेेर घाइते भएकी छन् जसको उपचार भइरहेको छ। हाल आगलागीको कारण पत्तो लगाउन जाँच गरिँदैछ। प्रारम्भिक रूपमा इलेक्ट्रिक स्कुटीबाट आगो फैलिएको आशङ्का व्यक्त गरिँदैछ। पुलिस र सम्बन्धित एजेन्सी मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande