राजगञ्ज ब्लकमा ‘होल्डिङ्ग सेन्टर’ निर्माण भइरहेको छ
राजगञ्ज ब्लकमा ‘होल्डिङ्ग सेन्टर’ निर्माण भइरहेको छ


जलपाईगुड़ी, 27 मई (हि. स.)। पश्चिम बङ्गालमा अवैध प्रवासी तथा संदिग्ध विदेशीहरूको सन्दर्भमा प्रशासनले कड़ा कदम उठाइरहेको छ। यसै क्र्ममा राज्यका विभिन्न जिल्लाहरूसँगसँगै जलपाईगुड़ी जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत फाटापुकुरमा पनि एउटा ‘होल्डिङ्ग सेन्टर’ निर्माण गरिँदैछ।

प्रशासनिक सूत्र अनुसार यस सेन्टरमा अवैध रूपमा बस्दै आइरहेका संदिग्ध विदेशी नागरिकहरू तथा रोहिङ्ग्या समुदायका मानिसहरूलाई अस्थायी रूपमा राखिनेछ। त्यसपछि कानूनी प्रक्रिया पूरा गरेर उनीहरूलाई आफ्नो देश पठाउने (डिपोर्ट) कारबाही गरिनेछ। यो होल्डिङ्ग सेन्टर राजगञ्ज ब्लकको पानी कौड़ी ग्राम पञ्चायत अन्तर्गत फाटापुकुर ओल्ड मार्केट क्षेत्रमा बनिरहेको छ।

प्रशासनले स्पष्ट पारेको छ, सुरक्षालाई ध्यानमा राख्दै सेन्टरमा निगरानी तथा प्रशासनिक व्यवस्थालाई मजबुत बनाइनेछ ताकि कुनै पनि प्रकारको अव्यवस्थाको स्थिति उत्पन्न नहोस्। प्राप्त जानकारी मुताविक पश्चिम बङ्गालका केही जिल्लाहरूमा यस किसिमको होल्डिङ्ग सेन्टर बनाउने काम भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande