
कोलकाता, 27 मई (हि.स.)। कोलकाता नगरनिगमले अभिषेक ब्यानर्जीसित सम्बन्धित कम्पनी लीप्स एण्ड बाउन्ड्सको नाममा दर्ता भवनको ‘एलिभेशन कपी’ मागेको छ। दक्षिण कोलकाताको हरिश मुखर्जी रोडस्थित यस सम्पत्तिलाई लिएर पहिला जारी नोटिसको जवाफसितै उक्त दस्तावेज जमा गर्न भनिएको छ।
188ए, हरिश मुखर्जी रोडस्थित ‘शान्तिनिकेतन’ नामक यो भवन लीप्स एण्ड बाउन्ड्स प्राइभेट लिमिटेडको नाममा पञ्जीकृत छ। तथापि अभिषेक ब्यानर्जीको आवासको रूपमा यस भवनलाई उपयोग गरिएको जानकारी सार्वजनिक भएको छ। यो भवन ममता ब्यानर्जीको आवास नजिकै अवस्थित छ।
नगरनिगमका अधिकारीहरूले स्पष्ट पारेका छन्, साधारण जवाफ मात्र पर्याप्त छैन। नोटिसको जवाफसितै भवनको ‘एलिभेशन कपी’ पनि संलग्न गर्नुपर्छ ताकि दाबीहरूको सत्यापन गर्न सकियोस्। साथै भवनको मूल संरचनामा गरिएको फेरबदल र अतिरिक्त निर्माणको पनि त्यस दस्तावेजमा ग्राफिक रूप देखिनुपर्छ।
‘एलिभेशन कपी’ आम रूपमा भवन निर्माणमा उपयोग हुने वस्तुचित्र हो। यसमा भवनको बाहिरी भाग, भित्ता, झ्याल, छत लगायत अन्य संरचनात्मक विवरण दुई-आयामी स्वरूपमा दर्शाइन्छ।
सूत्र अनुसार केएमसीले अभिषेक ब्यानर्जीको स्वामित्व वा सह-स्वामित्वमा रहेका 17 वटा सम्पत्तिहरूलाई नोटिस पठाएको छ। ‘शान्तिनिकेतन’-को जस्तै अन्य सम्पत्तिहरूको ममिलामा पनि जवाफसितै एलिभेशन कपमी जमा गर्न भनिएको छ।
जानकारी मुताविक भवन निर्माण गर्नको लागि डिजाइनको स्वीकृति लिँदा निर्माण स्थलको नक्सा वा स्केच आवेदनसितै जमा गर्नु अनिवार्य हुन्छ।यो प्रावधान कोलकाता नगरनिगम भवन नियम- 2009 अन्तर्गत लागू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा