
कोलकाता, 27 मई (हि. स.)। खोजी अभियान वा अन्य सरकारी कामकाज अवधि अब कोलकाता पुलिसका कर्मीहरूलाई सादा पोशाकमा जाने अनुमति दिइनेछैन। उनीहरूले वर्दी लगाएरै ड्यूटी गर्नुपर्नेछ। यस सम्बन्धमा पुलिस आयुक्त कार्यालयद्वारा जारी नयाँ निर्देशिका गरिएको छ। तथापि जुन मामिलामा सामान्य पोशाक लगाएर जान आवश्यक हुन्छ, त्यसको निम्ति अगावै वरिष्ठ अधिकारीहरूसित अनुमति लिनुपर्ने हुन्छ।
पुलिस आयुक्त कार्यालयद्वारा गत 24 मईमा जारी निर्देशिकामा भनिएको छ, खोजी अभियान, पक्राउ वा कुनै कारबाही अवधि पुलिसकर्मीहरूले अनिवार्य रूपमा वर्दी लगाउनुपर्छ। वर्दी बिना सादा कपड़ामा जानु नियमविरूद्ध मानिनेछ। यदि कुनै विशेष परिस्थितिमा सामान्य कपड़ामा जानु आवश्यक भयो भने त्यसको लागि पहिला नै उच्च अधिकारीहरूबाट स्वीकृति लिनुपर्छ। अभियान अवधि सम्बन्धित पुलिसकर्मीहरूको पहिचान सुनिश्चित गर्ने निर्देश पनि दिइएको छ।
तथापि यो निर्देश स्पेशल टास्क फोर्स, डिटेक्टिभ विभाग, साइबर शाखा, प्रवर्तन शाखा र अन्य विशेष एकाईहरूका पुलिसकर्मीहरूमाथि लागू हुनेछैन।
निर्देशिकामा वर्ष 1997- को चर्चित ‘डी.के. बसु बनाम पश्चिम बङ्गाल’ मामिलामा भारतको सर्वोच्च न्यायालयद्वारा दिइएको दिशानिर्देशको पनि उल्लेख गरिएको छ। त्यस फसेलामा अदालतले खोजी अभियान, पक्राउ वा हिरासत अवधि पुलिसले कुन प्रकारको आचरण गर्नुपर्छ भन्ने कुरा स्पष्टपारेकोथियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा