सड़क दुर्घटनामा बाइक चालकको मृत्यु
सड़क दुर्घटनामा बाइक चालकको मृत्यु


गुवाहाटी, 27 मई (हि.स.)। गुवाहाटी महानगरको दिसपुर पुलिस थाना नजिक भएको एक सड़क दुर्घटनामा बाइक सवारको घटनास्थलमै मृत्यु भयो।

पुलिसले बुधवार बताए अनुसार बितेको राति असम सचिवालय अगाड़ि एउटा द्रूत गतिको बाइक (एएस-01जे-3056) खम्बासित ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा बाइक सवारको घटनास्थलमै मृत्यु भयो।

घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको दिसपुर पुलिसको टीमले मृत बाइक चालकको शवलाई पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटलमा पठाइदिएको छ। अन्तिम सूचना पाउञ्चजेलसम्म मृत युवकको पहिचान हुन सकेको थिएन। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande