सड़क जामलाई रोक्नको लागि अवैध पार्किङ्ग विरूद्ध सक्रिय भयो पुलिस
सड़क जामलाई रोक्नको लागि अवैध पार्किङ्ग विरूद्ध सक्रिय भयो पुलिस


आसनसोल , 27 मई (हि.स.)। आसनसोलपछि अब कुल्टी थाना क्षेत्रको नियामतपुर बजारमा बढ़्दो ट्राफिक जामको समस्यालाई लिएर पुलिसले कड़ा कदम उठाएको छ।

नियामतपुर सब-ट्राफिक गार्डद्वारा अवैध औ अनियमित पार्किङ्गको विरोधमा जागरूकता अभियान शुरू गरिएको छ। गए मङ्गलवार साँझ ट्राफिक पुलिसले बजार क्षेत्रमा माइकिङ्ग गरी मानिसहरूसित अपील गऱ्यो, सड़कमा वाहनहरूलाई नराखियोस् साथै यातायात नियमहरूको पालन गरियोस्।

पुलिसको भनाइ छ, बजारमा किनमेल गर्न आउने कतिपय मानिसहरूले सड़क किनार वा बीच सड़कमै वाहन पार्क गरेर राख्छन् जसले गर्दा जामको स्थिति उत्पन्न हुन्छ यसको परिणामस्वरूप आम मानिसहरूले समस्या झेल्नुपर्छ।

ट्राफिक अधिकारीहरूले स्पष्ट पारे, हाल मानिसहरूलाई जागरूक गराइँदैछ, तर नियमहरूको उल्लङ्घन गर्न जारी रहे कड़ा कानूनी कारबाही गरिनेछ। अवैध रूपमा पार्क गरिएका वाहनहरूविरूद्ध चालन गरिनेछ अनि आवश्यकता परे अन्य कानूनी कदम पनि उठाइनेछ।

पुलिस अनुसार नियामतपुर बजार मात्र नभएर ट्राफिक गार्ड अन्तर्गत पर्ने सबै क्षेत्रहरूलाई जाम मुक्त बनाउने लक्ष्य राखिएको छ। विशेष गरी साँझको समयमा सहज र सुरक्षित यातायात सुनिश्चित गर्नको लागि यो अभियान सञ्चालन गरिँदैछ।

ट्राफिक पुलिसले वाहन चालकहरूसित अपील गरेको छ, उनीहरूले निर्धारित पार्किङ्ग स्थलहरूकै उपयोग गरून् तथा व्यवस्थालाई कायम राख्नमा सहयोग गरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande