पूर्व मुख्यमन्त्री अजय मुखर्जीको पुण्यतिथिमा शुभेन्दु अधिकारीले दिए श्रद्धाञ्जली
पूर्व मुख्यमन्त्री अजय मुखर्जीको पुण्यतिथिमा शुभेन्दु अधिकारीले दिए श्रद्धाञ्जली


कोलकाता, 27 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार सोशल मीडिया मञ्च एक्समा दुई भिन्न पोस्ट गरेर पूर्व मुख्यमन्त्री एवं स्वतन्त्रता सेनानी अजय मुखर्जीलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे भने केन्द्रिय मन्त्री नितिन गडकरीलाई जन्मदिनको शुभकामना दिए।

आफ्नो पहिलो पोस्टमा शुभेन्दु अधिकारीले लेखे, पश्चिम बङ्गालका पूर्व मुख्यमन्त्री तथा प्रख्यात स्वतन्त्रता सेनानी अजय मुखर्जीको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली। उनले भने, पश्चिम बङ्गालको राजनीतिको बलियो स्तम्भ तथा “माटोका साँचो सपूत” अजय मुखर्जीले भारत छोड़ो आन्दोलन कालमा ‘ताम्रलिप्त राष्ट्रिय सरकार’ गठन गर्नमा ऐतिहासिक भूमिका निर्वाह गरेका थिए जुन आजका पिँढीको लागि पनि प्रेरणा श्रोत भएको छ।

दोस्रो पोस्टमा उनले भारतीय जनता पार्टीका वरिष्ठ नेता औ केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई जन्मदिनको बधाई दिँदै भने, उनको दूरदर्शी नेतृत्व तथा अथक प्रयासहरूले भारतको बुनियादी ढाँचालाई नयाँ दिशा दिनको साथै विश्वस्तरीय कनेक्टिभिटीको नयाँ मानक स्थापित गरेका छन्। शुभेन्दु अधिकारीले माँ कालीसित गडकरीको सुस्वास्थ्य एवं राष्ट्रसेवाको लागि दीर्घायुको प्रार्थना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande