नगाउँको ऐतिहासिक नामघरमा भएको चोरीको घटनापछि क्षेत्रमा आक्रोश
नगाउँको ऐतिहासिक नामघरमा भएको चोरीको घटनापछि क्षेत्रमा आक्रोश


नगाउँ (असम), 27 मई, (हि.स.)। नगाउँको आउनीआटी बर नामघर (पूजा स्थल) मा भएको चोरीको घटनाले क्षेत्रमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। यस घटनाले श्रद्धालुहरू तथा स्थानीय मानिसहरूलाई झक्झकाइदिएको छ।

जानकारी अनुसार चोरले नामघरबाट दानपात्र लुटेर लग्यो। यतिमात्र नभएर नामघरको पवित्र गुरू आसनलाई समेत क्षतिग्रस्त बनाएर अस्त-व्यस्त बनाइदिएको छ। घटनापछि आउनीआटीका जागरूक मानिसहरूमाझ व्यापक आक्रोश देखिएको छ। मानिसहरूले दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कड़ा कारबाही गर्ने माग गरेका छन्।

पुलिसद्वारा मामिलाको जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande