
गुवाहाटी, 27 मई (हि.स.)। असमका परिवहन मन्त्री चरण बोडोले भने, राज्यमा चाँड़ै यातायात कानूनलाई अझ कड़ा बनाइनेछ। मन्त्रीले बुधवार असम विधानसभा परिसरमा सञ्चारकर्मीहरूसित बातचित गरिरहेका थिए।उनले भने, यस विषयमा आज विभागसित महत्वपूर्ण चर्चा भइरहेको छ जसमा सड़क सुरक्षालाई लिएर केही महत्वपूर्ण निर्णयहरू लिइनेछ।गुवाहाटीमा लगातार भइरहेका सड़क दुर्घटनाहरूमाथि चिन्ता व्यक्त गर्दै मन्त्रीले भने, सरकारले यस मामिलालाई गम्भीर रूपमा लिएको छ। दुर्घटनाहरूमाथि रोक लगाउनको लागि कड़ा कदम उठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा