बङ्गालमा अवैध बङ्गलादेशी विरोधी अभियान तीव्र, सरकारले दियो कड़ा निर्देश
बङ्गालमा अवैध बङ्गलादेशी विरोधी अभियान तीव्र, सरकारले दियो कड़ा निर्देश


कोलकाता, 27 मई (हि.स.)। पश्चिम बङ्गालमा अवैध बङ्गलादेशी अनुप्रवेशकारीहरूलाई लिएर राजनीति चर्किएको छ। राज्य सरकारले सबै जिल्लाहरूमा होल्डिङ्ग सेन्टर बनाउने निर्देश दिएको छ ताकि अवैध रूपमा बसोबास गरिरहेका बङ्गलादेशीहरूलाई चिन्हित गरी तिनीहरूलाई स्वदेश फर्काउन सकियोस्। यस मुद्दामा राज्यका पञ्चायत एवं पशुपालन विकास मन्त्री दिलीप घोषले स्पष्ट शब्दहरूमा भने, “बङ्गलादेशीहरू यहाँ किन बस्छन्?”

उनले भने, यस्ता मानिसहरूलाई चिन्हित गरी उनीहरूलाई भिन्नै राखिनेछ। केन्द्रिय गृहमन्त्री अमित शाहले पहिला नै स्पष्ट पारिसकेका छन्, अवैध अनुप्रवेशकारीहरूलाई फर्काइनेछ। मन्त्रीले भने, यदि उनीहरू स्वेच्छाले बङ्गलादेश फर्किन चाहन्छन् भने राम्रो हो अन्यथा सरकार आवश्यक कदम उठाउन बाध्य हुनेछ।

वास्तवमा फरवरी, 2025-मा केन्द्रिय गृह मन्त्रालयले अवैध अनुप्रवेशकारी तथा रोहिङ्ग्याहरूलाई चिन्हित गर्ने, हिरासतमा लिने तथा प्रत्यार्पणलाई लिएर नयाँ दिशानिर्देश जारी गरेको थियो। यद्यपि त्यसताक राज्यमा तृणमूल कङ्ग्रेसको सरकारले यस निर्देशलाई लागू गरेको थिएन। अब भाजपा सरकार आएपछि “डिटेक्ट, डिलीट औ डिपोर्ट” प्रक्रिया शुरू गरिएको छ।

यो अभियान शुरू हुनसाथ सीमावर्ती क्षेत्रहरूमा खैलाबैला मचिएको छ। हाकिमपुर चेकपोस्टमा ठूलो सङ्ख्यामा मानिसहरूको भीड़ देखियो जहाँ धेरैजना मानिसहरू बङ्गलादेश फर्किनका लागि त्यहाँ पुगेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande