
खरसाङ, 27 मई (हि.स. )। तीनधारेको मिठाईडाँडा निवासी पास्टर भरत प्रधानद्वारा लिखित पुस्तक 'बजार क्षेत्रलाई मिशनको रुपमा परिवर्तन गर्नु' नामक पुस्तकको लोकार्पण गरिएको छ। उक्त पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा रहेको छ। पुस्तक लोकार्पण कार्यक्रम सिलगढीको न्यु जेनेसिस फेलोशिप चर्चमा सम्पन्न भयाे।पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार, बाईबल शिक्षक, सम्पादक रेभरेन्ट डा छत्र सुब्बा 'पावल' ले गरेकाे थियाे। यस अवसरमा प्रमुख अतिथिको रुपमा रेभरेन्ट जोना बल तथा विशिष्ट अतिथिको रुपमा पूर्व आईजी चेलिन लेप्चा, रेभरेन्ट पिटर लेप्चा, एल्डर एनबी ठकुरी, स्रष्टा सङ्गमका सभापति एवं वरिष्ठ साहित्यकार एल्डर राजु राई, साहित्यकार एवं अनुवादक किशोर त्रिखत्री उपस्थित रहेका थिए। कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष रेभरेन्ट डा छत्र सुब्बा पावल, प्रमुख अतिथि रेभरेन्ट जोना बल, विशिष्ट अतिथिहरु, लेखक पास्टर भरतकुमार प्रधान र उनकी पत्नी बन्दना प्रधान आदिको बाहुलीबाट पुस्तक विधिवत् रूपमा लोकार्पण गरियाे। उक्त पुस्तक लोकार्पणको घोषणा सभाध्यक्ष रेभरेन्ट डा छत्र सुब्बा 'पावल' ले गरेका थिए। पुस्तकका लेखक पास्टर भरतकुमार प्रधानको छोटो परिचय पा पासाङ तामाङले राखे। कार्यक्रममा पुस्तकमाथि साहित्यकार एवं अनुवादक किशोर त्रिखत्रीले टिप्पणी राख्दै भने, यो पुस्तक दर्शन र रणनीति विषयमा रहेको छ। पुस्तकमा प्राविधिक शब्दहरु छन्। यो सेवाकाई गर्नेहरुका लागि उपयुक्त पुस्तक बनेको छ।
उनले यस पुस्तकको मुख्य कुरा विश्वासको कामलाई एकसाथ जोड्नु भन्न खोजिएको छ भनी बताए। कार्यक्रममा पुस्तकको महत्व र पुस्तक किन लेखियो भन्ने विषयमा बाईबलीय उदाहरणका साथ पास्टर भरतकुमार प्रधानले वक्तव्य राखेका थिए। उनले वचन तयारी गर्दा गर्दै लेख्दै जाँदा पुस्तक नै तयार भएको बताए। उनले प्रभुले दिएको दर्शन अनुसार बजार क्षेत्रमा सेवाकाई गर्न शुरु गरिएको बताए। उनले भने, 'म साहित्यकार हुनलाई पुस्तक लेखेको होइन, तर परमेश्वरको दर्शनमा यो पुस्तक लेखेको हुँ। सेवाकाई गर्नेहरुमा दर्शन रणनीति हुन आवश्यक छ।' न्यु जेनेसिस फेलोशिप चर्चको तर्फबाट पास्टर एवं पुस्तकका लेखक पास्टर भरतकुमार प्रधानलाई शल ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान जनाइएकाे थियाे। प्रमुख अतिथि रेभरेन्ट जोना बलले आफ्नो सम्बोधनमा पुस्तकको शीर्षक नै चुनौतीपूर्ण छ र अहिलेको समयमा यस्तो पुस्तक लेखिनु आवश्यक छ भनी बताए। उनले भने, अहिलेको समयमा पुस्तक लेख्न र पढ्नु अनिकाल नै भएको छ। यो पुस्तक हामी सबैले पढेर यस पुस्तकको उद्देश्य पुरा गर्नुपर्छ। यस पुस्तकले अवश्य पनि नयाँ कुरा ल्याउँछ भन्ने आशा र विश्वास छ।' उनले अघि भने, 'जीवनमा लेख्नु नितान्त आवश्यक छ। लेख्नलाई साहित्यकार नै हुनुपर्छ भन्ने छैन, तर पुस्तक लेखेपछि किनौं किनौं लाग्ने हुनुपर्छ। हामीले देखेको दर्शन ८ कामलाई अवश्य पनि लेख्नुपर्छ।'
सभाध्यक्ष रेभरेन्ट डा छत्र सुब्बा पावलले आफ्नो सम्बोधनमा भने, 'यो पुस्तक लेखकको व्यक्तिगत मात्र नभएर हामी सबैको लागि हो। शहर क्षेत्रमा प्रभुको सेवाकाई गर्न एक चुनौती ३जुन पास्टर भरतकुमार प्रधानले गरिरहेका छन्। उनले पुस्तक बिक्री कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि बताए।
हिन्दुस्थान समाचार / हनोक