प्रदेश भाजपा प्रतिनिधिमण्डलले राष्ट्रपतिसॅंग शिष्टाचार भेट गऱ्यो
प्रदेश भाजपा प्रतिनिधिमण्डलले राष्ट्रपतिसॅंग शिष्टाचार भेट गऱ्यो


गान्तोक, 27 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमको एक प्रतिनिधिमण्डलले आज राजधानीमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसॅंग भेट गरे। राष्ट्रपति मुर्मू हाल तीन दिवसीय सिक्किम भ्रमणमा रहेकी छन्। आज उनको भ्रमणको दोस्रो दिन हो।

प्रदेश भाजपाका अनुसार, शिष्टाचार भेट राजधानीको लोकभवनमा भयो। प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सिक्किममा न्यानो स्वागत जनाउॅंदै राज्यप्रति निरन्तर समर्थन र आशीर्वादको निम्ति धन्यवाद दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande