
गान्तोक, 27 मई (हि.स.)। भारतीय सेनाको पूर्वी कमानका जनरल अफिसर कमाण्डिङ इन चीफ लेफ्टिनेट जनरल वीएम भुवन कृष्णन, पीवीएसएम, एवीएसएम, वाईएसएमले राज्यपाल ओमप्रकाश माथुरसॅंग लोकभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा त्रिशक्ति कोरका जीओसी लेफ्टिनेन्ट जनरल मनराज सिंह मान, एसएम तथा मेजर जनरल आशीष नेगी, वीएसएम, जीओसी ब्ल्याक क्याट डिभिजन पनि उपस्थित थिए।
लोकभवनका अनुसार, बैठकका क्रममा सामरिक महत्वका विषयमा विचारहरू आदान प्रदान गरिनुका साथै राज्य र सेनाबीच आपसी सहयोग र विकाससॅंग सम्बन्धित विषयहरूमाथि सार्थक चर्चा भयो।
राज्यपालले भारतीय सेनाको योगदानको सराहना गर्दै भने, सेनाले राष्ट्रका सीमाहरूको सुरक्षा गर्नुका साथै सामाजिक सहयोग र विकास कार्यहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
हिन्दुस्थान समाचार / बिशाल