लङ्भ्यू चियाबारीका मालिकलाई मात्रै लिएर गरिएको सभाबारे श्रमिकहरुको प्रतिक्रिया
लङ्भ्यू चियाबारी


- बाॅंकी राशि भुक्तानी नगरेसम्म अनशन जारी रहने

खरसाङ, 27 मई (हि.स. )। खरसाङको लङ्भ्यू चियाबारीको समस्यालाई लिएर खरसाङस्थित लेबर अफिसमा लङभ्यू कमानका मालिक र प्रबन्धक पक्षलाई लिएर सभा बोलाइएको छ। उक्त सभालाई लिएर अनशनमा बसेका श्रमिकहरुले प्रतिक्रिया दिएका छन्। सभामा कुनै पनि पार्टीको युनियन र कुनै पनि श्रमिकहरुलाई नबोलाइएको भन्दै यस विषयमा लङ्भ्यू चियाबारीका श्रमिकहरुले प्रतिक्रिया दिएका छन्। श्रमिकहरुले भने, यो निरन्तर 3 वर्षदेखिको आन्दोलन केवल हाजिरा अनि वेतन भुक्तानी मात्र नभएर श्रमिकहरुको पीएफ अनि ग्रेच्युटी भुक्तानी पनि लिएर हो। जबसम्म बाॅंकी राशि भुक्तान नभएसम्म अनशन जारी रहने छ।

श्रमिकहरुले अझ भने, मालिकको बानी अहिलेसम्म त्यही छ, पीएफ अनि ग्रेच्युटीबारे कुरा गर्दा रहल-पहल बाॅंकी हाजिरा दिएर पीएफ र ग्रेच्युटीको मुद्दा साइड लगाउनु रहेको छ। अब यो पाराले चल्दैन। कामको दाम अनि श्रमिकको सामाजिक सुरक्षा यसरी दबाउनु पाउॅंदैन।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande