नाम्ची सरकारी महाविद्यालय नेपाली विभागद्वारा अध्ययन भ्रमण सम्पन्न
नाम्ची सरकारी महाविद्यालय नेपाली विभागद्वारा अध्ययन भ्रमण सम्पन्न


गान्तोक, 27 मई (हि.स.)। सिक्किम सरकारी महाविद्यालय नाम्चीका नेपाली सम्मान छैटौँ सत्रका विद्यार्थीहरूले वार्षिक शौक्षिक भ्रमण सम्पन्न गरे। उक्त भ्रमण नेपाली स्नातक पाठ्यक्रममा रहेको नवौँ पत्रको परिपूर्ति अन्तर्गत क्षेत्रकार्य अध्ययनसित सम्बन्धित थियो। प्रस्तुत क्षेत्रकार्य अन्तर्गत विद्यार्थीले पूर्वी नेपालको धनकुटामा गई मदन पुरस्कारले सम्मानित साहित्यकार झमक घिमिरेसँग अन्तर्क्रियात्मक संवाद परिचर्चा सम्पन्न गरे।

यस अन्तरक्रियात्मक भेटमा झमक घिमिरेसँग विद्यार्थीहरूले उनको जीवन सङ्घर्ष एवम् साहित्यिक अवदानबारे जानकारी लिए। एक भिन्न क्षमता (दिव्याङ्ग) व्यक्तित्त्वले सङ्घर्ष गर्दै आफैँ अक्षरज्ञान प्राप्त गरी नेपाली साहित्याकाशमा उज्जवल नक्षत्र बन्न सफल झमक घिमिरेबाट धेरै प्रेरणा प्राप्त गरेको जानकारी दिए।

उनकै निजी वासस्थान पुगेर अन्तरक्रियात्मक संवाद गर्न पाउन अहोभाग्य रहेको कुरा विद्यार्थीहरूले बताए। यसै भ्रमण अन्तर्गत विद्यार्थीहरूले पूर्वी नेपालको हिले क्षेत्रको पाख्रीबाँसमा रहेको कृषि अनुसन्धान केन्द्रको पनि अध्ययन भ्रमण सम्पन्न गरे। यसै भ्रमण अन्तर्गत विद्यार्थीहरूले विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको पनि अवलोकन गरे।

यस भ्रमणमा विद्यार्थीहरूसँग अनुरक्षक प्राध्यापकगण विभाग प्रमुख डा. दुर्गाप्रसाद शर्मा, प्रा. डिल्लीराम शर्मा र प्रा. तिलकबहादुर बरदेवाले सहभागी बनेका थिए। प्रस्तुत भ्रमण सम्पन्न गर्न सहयोग गरेकोमा विद्यार्थीहरूले सिक्किम सरकार र महाविद्यालय प्रसाशनलाई आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande