राष्ट्रपति द्रौपदी मुर्मूले आज नथुला भ्रमण गर्ने, दिउॅंसो दीक्षान्त समारोहमा भाग लिने
भारतकी राष्ट्रपतिले नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण गरिन्


गान्तोक, 27 मई (हि.स.)। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू तीन दिवसीय आधिकारिक सिक्किम भ्रमणमा रहेकी छन्। आज उनको भ्रमणको दोस्रो दिन हो। राष्ट्रपतिको आज नथुला भ्रमण र सिक्किम केन्द्रिय विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी बन्ने कार्यक्रम प्रस्तावित छ।

राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार तीन दिवसीय भ्रमणमा सिक्किम आइपुगिन्। भ्रमणको पहिलो दिन हिजो दिउॅंसो उनले राजधानीको स्वर्ण जयन्ती मैत्रेय मंजरी परिसरमा रहेको अर्किडेरियमको भ्रमण गरिन्। यसपछि, सॉंझ राजधानी छेउ देवरालीस्थित नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजी भ्रमण गरिन्।

भ्रमणको दोस्रो दिन आज राष्ट्रपति भारत-चीन सीमा क्षेत्र नथुला पास भ्रमणमा जानेछन्। स्मरण रहोस्, जून 2026 देखि नथुला पास भएर कैलाश मानसरोवर तीर्थ यात्रा पनि शुरू भइरहेको छ। कोरोनाकालको प्रतिबन्धपछि पहिलो पटक नथुला पास भएर तीर्थ यात्रा शुरू हुन लागेको हो।

राष्ट्रपति नथुला पास भ्रमणबाट फर्किएपछि आज दिउॅंसो राजधानीमा आयोजना हुने सिक्किम केन्द्रिय विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा सहभागी हुनेछन्।

उल्लेखनीय छ, आफ्नो भ्रमणको अन्तिम दिन 28 मईमा राष्ट्रपतिले राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुने अलङ्करण समारोहमा भाग लिनेछन्, जसमा उनको बाहुलीद्वारा सिक्किम पुलिसलाई भारतका राष्ट्रपतिको 'पुलिस कलर' प्रदान गरिने छ। यो पुरस्कार सिक्किम पुलिसलाई देशमा उत्कृष्ठ सेवा कार्यहरूका लागि प्रदान गरिने छ। यो पुरस्कार प्राप्त गर्ने सिक्किम देशका 15औं राज्य हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande