
बीरभूम, 27 मई (हि. स.)। राज्य सरकारको पक्षबाट जिल्लाका केही प्रमुख तृणमूल कङ्ग्रेसका नेताहरूको सुरक्षा व्यवस्थामा कटौती गरिएको छ। पहिला वाई प्लस श्रेणीको सुरक्षा पाइरहेका नेताहरूको सुरक्षालाई घटाएर अब सामान्य बनाइदिएको छ।
सूत्र अनुसार बीरभूमका चर्चित नेता अनुव्रत मण्डलको सुरक्षालाई सबैभन्दा पहिला घटाइयो। पहिला उनलाई वाई प्लस श्रेणीको सुरक्षा सहित घरमा सशस्त्र गार्ड तथा अन्य सुरक्षा कर्मीहरू तैनाथ रहन्थे भने अब उनको सुरक्षा एकजना सशस्त्र पुलिस कर्मीले मात्र गर्नेछन्।
यसरी नै जिल्ला परिषदका सभाधिपति औ विधायक काजल शेखको सुरक्षामा पनि बदलाउ गरिएको छ। उनको पाइलट र एस्कर्ट सहित अतिरिक्त सुरक्षालाई हटाइएको छ। उनलाई अब दुई जना मात्र सुरक्षा कर्मी दिइनेछ।
पूर्व मन्त्री औ वर्तमान विधायक चन्द्रनाथ सिन्हाको सुरक्षालाई पनि कम गरिएको छ। पहिला उनलाई मन्त्री पदमा हुँदा पाइलट र हाउस गार्ड सहित कड़ा सुरक्षा प्राप्त थियो भने अब विधायक स्तरको सुरक्षा अन्तर्गत दुई जना सशस्त्र सुरक्षा कर्मी तैनाथ रहनेछन्।
भनिन्छ, यो नयाँ सुरक्षा ढाँचा गए मङ्गलवार रातीदेखि नै लागू गरिएको छ। प्रशासनको यस कदमपछि जिल्लाको राजनीतिमा कोकोहोलो मचिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा