घूस लिएको आरोपमा इस्लामपुर ग्राम पञ्चायत प्रधानका पति पक्राउ
घूस लिएको आरोपमा इस्लामपुर ग्राम पञ्चायत प्रधानका पति पक्राउ


मुर्शिदाबाद, 27 मई (हि.स.)। जिल्लाको इस्लामपुर ग्राम पञ्चायतकी तृणमूल प्रधान हसिना नसरतका पति सोहेल रानालाई पुलिसले गए मङ्गलवार राति घूस लिएको आरोपमा पक्राउ गरेको छ। इस्लामपुर थाना पुलिसले एक सिकायतको आधारमा उसलाई पक्राउ गरेको हो। स्थानीय सूत्रानुसार सोहेल राना रानीनगरका पूर्व विधायक सौमिक हुसैनका निकटवर्ती रहेको बताइएको छ। बुधवार उसलाई मालदा जिल्ला अदालतमा पेश गरियो।

अर्कोतिर 12 नम्बर राष्ट्रिय राजमार्गलाई जाम गरेको मामिलामा पुलिसले तृणमूल कङ्ग्रेसका एकजना पञ्चायत सदस्यलाई पनि पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम शमसुल हक हो। उसलाई गए मङ्गलवार राती पुलिसले पक्राउ गरेको हो। आरोपी पुरातन मालदा ब्लकको मङ्गलबाड़ी पञ्चायतको जलङ्गा गाउँको निवासी हो।

पुलिस सूत्र अनुसार मतदाता सूचीबाट नाम हटाइएकोमा विरोधमा गत 2 अप्रेलको दिन पुरातन मालदाको नारायणपुर बीएसएफ क्याम्पको छेउमा राष्ट्रिय राजमार्ग-12 लाई जाम गरिएको थियो। यस अवधि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए भने लगभग चार घण्टासम्म यातायात पूर्ण रूपले बाधित भएको थियो।

यस मामिलामा मालदा थानाद्वारा लगभग 20 जना मानिसहरूमाथि मुद्दा दर्ता गरिएको थियो। त्यै मामिलामा शमसुल हकलाई मङ्गलवार अबेर राती नारायणपुर बीएसएफ क्याम्प क्षेत्रबाट पक्राउ गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande